जिवनशैली पत्रिका

नयाँ धुन र शब्दको संगम मनमाया सार्वजनिक

पोखरा ७, मंसिर, पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन् । राम अबिरल बिष्टको शब्द रहेको गीतको अडियो संयोजन लामाले नै गरेका हुन् । अर्को प्रोडक्सनको निर्माणमा तयार भएको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् भने अनुप गुरुङले खिचेका हुन् । म्युजिक भिडियोमा मिलन शंकर, अश्विनी शाही र राजेश बस्नेत लगायतको… पुरा पढौ

पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित

दीननाथ बराल, पोखरा ७, मंसिर, पोखराको टेम्पल ट्रि रिसोर्ट फेरी उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आज भन्दा करिब ४ बर्ष अघि कास्कीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको उक्त रिसोर्ट यस यस बर्ष पुनः सम्मानित भएको हो । त्यसै गरी स्याङजाको खिलुङ कालिका कन्स्ट्रक्सन उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदाता मध्य कास्कीको उक्त रिसोर्ट र स्याङजाको खिलुङ कालिकालाई आज कार्यालयमा आयोजित एक समारोहका बिच सम्मान गरेको हो… पुरा पढौ

दोस्रो गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुध समाज प्रथम, ७५ हजार हात पार्यो

पोखरा, ७ मंसिर , पोखरामा रहेको गोर्खाली रेडियोको आयोजनामा भएको दोस्रो गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाज प्रथम भएको छ । पोखरा सभागृहमा शुक्रबार भएको प्रतियोगितामा ताङतिङ प्रथम हुँदै नगद ७५ हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा विभिन्न जातीय समाज, भूपू सैनिकसहितको १२ टिम सहभागीता थियो । प्रतियोगितामा चिउले पाचे तमु समाज दोस्रो र पोचोको तमु समाज तस्रो बन्यो । यि २ समुहले क्रमशस् ५० हजार र ३० हजार रुपैयाँको… पुरा पढौ

अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी मनाइयो (भिडियो सहित )

दीननाथ बराल, पोखरा ७, मंसिर, अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा धुमधामका साथ मनाउनु भएको छ । आज भन्दा २५ बर्ष अघि पोखरामा घुमघामा आउनु भएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएसंगै पटक पटक नेपाल आउने गर्नुहुने उहाँहरुले आज बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ नेपाली परम्परा अनुसार पोखरामा धुमधामका साथ मनाउनु भएको हो । https://www.youtube.com/watch?v=nvSheg9f_mk पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट(म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा उहाँकी… पुरा पढौ

मंसिर ११ देखि सुरु हुने १७ औं हिसान कास्की स्पोट्र्स मिटमा ४ हजार खेलाडी सहभागि हुने

पोखरा ७, मंसिर पोखरामा यही मंसिर ११ देखि सुरु हुने १७ औं संस्करणको हिसान कास्की स्पोट्र्स मिटमा करिब ४ हजार खेलाडी सहभागि हुने भएका छन्। पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा कक्षा ११ र १२ सहित विश्वबिद्यालयका करिब ४ हजार जना खेलाडीहरु प्रत्यक्ष रुपमा सहभागि हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गाइएको हो । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुप आयोजना… पुरा पढौ

अल्फा बोर्डिङमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले लामाचौर गोस्ते घाट खेल मैदानमा एक विशेष कार्यक्रमका बिच शुक्रबारका दिन वार्षिक खेलकुद कार्यक्रम समापन समारोह सम्पन्न गरेको छ । वार्षिक खेलकुद कार्यक्रमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले अल्फा बोर्डिङ स्कुलले शैक्षिक कार्यक्रमको साथसाथै खेलकुद क्षेत्रमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै हरेक वर्ष विद्यालयले प्रदेश तथा… पुरा पढौ

छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

मंंसिर ७,   कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा.विका  सुमन मिजार प्रथम, शुक्लागण्डकीका  रुपक दर्लामी  द्धितिय र  निश्पक्ष मा.विका  अमन थापा तृतिय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा.वि की मनिषा बि.क प्रथम, महेन्द्र मा.वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा स्पोट्स मिट जारी

पोखरा ७, मंसिर पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोट्स मिट २०८१ अन्र्तगत शुक्रबार विभिन्न प्रतियोगिताको फाइनल चरण सम्पन्न भएको छ । जुनियर तर्फको बास्केटवल प्रतियोगितामा ब्लू समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । त्यसै गरी जुनियर भलिवल प्रतियोगितामा भने रेड समुह प्रथम हुँदा ब्लू समुह दोश्रो भयो । सिनियर भलिवल तर्फ ग्रिन समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । छात्रा प्लस टु तर्फको डोरी तान्ने प्रतियोगितामा कक्ष ११ को विज्ञान समुह प्रथम, कक्षा १२… पुरा पढौ

विश्व मत्स्य दिवसको अवसरमा पोखरामा ५ हजार स्थानिय माछाको भूरा छाडियो, स्थानिय माछा संरक्षणमा जोड

दीननाथ बराल, पोखरा ७, मंसिर विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा स्थानिय जातका ५ हजार वटा माछाका भुरा छाडिएको छ । स्थानीय जातहरुको माछा भुरा छोड्दै र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रम आयोजना गरी विहिबार पोखरामा विश्व मत्स्य दिवसको अवसरमा स्थानिय जातका ५ हजार माछाका भुरा छाडिएको मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरा प्रमुख डा.मोहमद इकवाल हुसेनले बताए । स्थानिय जातका माछा बचाउ अभियान अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए । फेवातालमा विहिबार लोपउन्मुख प्रजातिका शहर, रहु, नैनी,… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा स्पोट्र्स मिट जारी, एक तिहाइ बिद्यार्थी खेलकुदमा आबद्ध

दीननाथ बरालपोखरा ६, मंसिर, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटेर्स मिट २०८१ विहिबार पनि जारी रहेको छ । उक्त स्पोटेर्स मिट अन्र्तगत को दोश्रो दिन आज (बिहिबार) विभिन्न चरण सहित फाइनल खेलहरु समेत भएको शिक्षक फणिन्द्रराज पौडेलले बताउनु भयो । भोलि(शुक्रबार) बाँकी रहेका केही खेलको फाइनल खेलहरुसंगै प्रतियोगिता समापन हुने भएको उहाँले जनाउनु भयो । उहाँका अनुसार ९ सय बिद्यार्थीहरु रहेको बिद्यालयमा एक तिहाई करिब ३ सय जना बिद्यार्थीहरु विभिन्न खेलकुदमा आबद्ध हुनु भयो । हरेक… पुरा पढौ