जिवनशैली पत्रिका

पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा शिशु निकेतनको विजयी सुरुवात

पोखरा २०, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा आज (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सुरु भएको प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार दुई खेल सम्पन्न भएका छन् । आइतबार भएकोे उद्घाटन खेलमा शिशु निकेत माविले विजयी सुरुवात गरेको छ । शिशु निकेतले पोखरा किन्डरगार्डेन माविलाई टाईब्रेकरमा ५—३ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ मिनेटको… पुरा पढौ

टाइगर कप भलिवलको उपाधि महिला तर्फ आयोजक टाईगर ग्रुपलाई र पुरुष तर्फ पुलिसलाई, पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी

पोखरा २०, माघ, पोखरामा आज (आइतबार) सम्पन्न भएको टाइगर कप भलिवल प्रतियोगिताको उपाधि महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखराले जितेको छ भने पुरुष तर्फ नेपाल पुलिस क्लवले जितेको छ । डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबलाई ३—२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्न भएकोे फाइनल खेलमा गण्डकी भलिवल संघलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको… पुरा पढौ

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

पोखरा, माघ २०, यहाँस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । पोखरा महानगरपालिका–७, मासबारस्थित विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रमको अन्तिम दिन (आइतबार) उनीहरुलाई सम्मान गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यायले हरेक वर्ष २० वर्ष कार्यकाल पुरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्दे आएको बताए । आचार्यका अनुसार यो पटक… पुरा पढौ

व्यापार मेला सम्पन्न

पोखरा, १९ माघ पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन भएको मेला १० दिनसम्म चल्यो । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोवाइल बितरक संघले आयोजना गर्दै आइरहेको मोवाइल मेलाको चौथो संस्करण पनि यही मेलामा समाहित गरिएको थियो ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो मेला नाफा… पुरा पढौ

धम्पुसमा बाघमारा सहकारीको गोष्ठी

पोखरा १९, माघ, बाघमारा बहुउद्धेशीय (साकोस) सहकारी संस्था लि. पोखरा–३३, बाघमाराको आयोजनामा सहकारी संचालकहरुको क्षमता अभिवृद्धि तालिम तथा अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रम अर्धवार्षिक समिक्षा गरि भावी रणनीति समेत तय गरेको छ । गोष्ठीको उद्धघाटन सत्रमा संस्थाका संथापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकारहरु शिवप्रसाद आचार्य, केशव प्रसाद आचार्य, हेम बहादुर थापा पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी, संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी… पुरा पढौ

पुम्दीकोटमा कैलाशधाम निर्माण गर्न फागुन पहिलो साता देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने

दीननाथ बराल,पोखरा १९, माघ, पोखरा २२ (पुम्दी—भुम्दी) मा रहेको पुम्दीकोटमा कैलाशधाम निर्माण गर्ने उद्धेश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो ।शनिबार पोखरामा आयोजित महायज्ञ प्रचार प्रसार समितिको पहिलो बैठकमा बोल्दै अध्यक्ष बरालले पछिल्लो समयमा चर्चामा रहेको पुम्दीकोट क्षेत्रको अधुरा भौतिक पूर्वाधार सहित एक रात पर्यटकहरुको बसाई अवधि लम्बाउने… पुरा पढौ

प्रतिभा माविमा साहित्य, संगीत र कलाको मेला

पोखरा, माघ १९, विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ । त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभाबाट विद्यालयतहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतलाई एकैठाउँमा जमघट गराएको बताए । कार्यक्रमको साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका थिए ।सापकोटाका अनुसार प्रतिभा मावि २०४३ सालमा स्थापना भएको थियो । त्यसपछि विद्यालयतहमा अध्ययन गरेका विद्यार्थीको भेटघाट भएको… पुरा पढौ

पोखराको ड्यामसाइडमा आइतबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु हुने, उद्घाटन खेलमा शिशु निकेतन र किन्डरगार्टेन बिच हुने

दीननाथ बराल,पोखरा १९, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार देखि हुने भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यही माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा १९ वटा बिद्यालयको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । आइतबार १२ः०० बजे पछि… पुरा पढौ

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

पोखरा, त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट… पुरा पढौ

टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पोखरा, टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो । पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित ग¥यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५… पुरा पढौ