जिवनशैली पत्रिका

व्यापार मेला सम्पन्न

पोखरा, १९ माघ पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन भएको मेला १० दिनसम्म चल्यो । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोवाइल बितरक संघले आयोजना गर्दै आइरहेको मोवाइल मेलाको चौथो संस्करण पनि यही मेलामा समाहित गरिएको थियो ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो मेला नाफा… पुरा पढौ

धम्पुसमा बाघमारा सहकारीको गोष्ठी

पोखरा १९, माघ, बाघमारा बहुउद्धेशीय (साकोस) सहकारी संस्था लि. पोखरा–३३, बाघमाराको आयोजनामा सहकारी संचालकहरुको क्षमता अभिवृद्धि तालिम तथा अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रम अर्धवार्षिक समिक्षा गरि भावी रणनीति समेत तय गरेको छ । गोष्ठीको उद्धघाटन सत्रमा संस्थाका संथापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकारहरु शिवप्रसाद आचार्य, केशव प्रसाद आचार्य, हेम बहादुर थापा पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी, संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी… पुरा पढौ

पुम्दीकोटमा कैलाशधाम निर्माण गर्न फागुन पहिलो साता देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने

दीननाथ बराल,पोखरा १९, माघ, पोखरा २२ (पुम्दी—भुम्दी) मा रहेको पुम्दीकोटमा कैलाशधाम निर्माण गर्ने उद्धेश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो ।शनिबार पोखरामा आयोजित महायज्ञ प्रचार प्रसार समितिको पहिलो बैठकमा बोल्दै अध्यक्ष बरालले पछिल्लो समयमा चर्चामा रहेको पुम्दीकोट क्षेत्रको अधुरा भौतिक पूर्वाधार सहित एक रात पर्यटकहरुको बसाई अवधि लम्बाउने… पुरा पढौ

प्रतिभा माविमा साहित्य, संगीत र कलाको मेला

पोखरा, माघ १९, विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ । त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभाबाट विद्यालयतहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतलाई एकैठाउँमा जमघट गराएको बताए । कार्यक्रमको साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका थिए ।सापकोटाका अनुसार प्रतिभा मावि २०४३ सालमा स्थापना भएको थियो । त्यसपछि विद्यालयतहमा अध्ययन गरेका विद्यार्थीको भेटघाट भएको… पुरा पढौ

पोखराको ड्यामसाइडमा आइतबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु हुने, उद्घाटन खेलमा शिशु निकेतन र किन्डरगार्टेन बिच हुने

दीननाथ बराल,पोखरा १९, माघ, पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार देखि हुने भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यही माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा १९ वटा बिद्यालयको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । आइतबार १२ः०० बजे पछि… पुरा पढौ

आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश

पोखरा, त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट… पुरा पढौ

टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पोखरा, टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो । पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित ग¥यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५… पुरा पढौ

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदा माथि सरोकार वालासँग छलफल

पोखरा, गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने तयारी गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका भाषा अभियन्ता, संघ–संस्था प्रतिनिधि, प्रदेश सभा सदस्य, सामाजिक अभियन्ता तथा सरकारी अधिकारीहरुको उपस्थितिमा पोखरामा सम्पन्न कार्यक्रममा सहभागीहरूले विधेयकलाई प्रभावकारी बनाउन विभिन्न सुझाव राखेका छन् । नेपाल मगर संघका उपमहासचिव खम बहादुर पुन… पुरा पढौ

टाइगर कप भलिबलमा आज दोस्रो क्वालिफायरका खेल हुने

पोखरा १९, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन आज पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । शनिबार बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, माघ १८, पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि… पुरा पढौ