जिवनशैली पत्रिका

स्वर्गीय सोना रानाको स्मृतिमा मानव सेवा आश्रममा भोजन

पोखरा, १७ असार, पोखरा–१६ निवासी स्वर्गीय सोना रानाको दशौं स्मृति दिवसका अवसरमा परिवारले मानव सेवालाई प्राथमिकता दिँदै पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितहरूका लागि बिहानको भोजन दान गरेको छ । स्वर्गीय रानाको स्मृतिलाई औपचारिक कार्यक्रमभन्दा सेवामूलक कार्यमार्फत जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रममा आश्रममा आश्रित १२ बालिकासहित ९० जना महिलालाई भोजन गराइएको थियो। https://www.youtube.com/watch?v=4kKkpIVgOB0&t=313s स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय रानाको राजनीतिक, सामाजिक तथा पारिवारिक योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले समाजसेवा, मानवीय भावना र सामाजिक उत्तरदायित्वप्रति उनको समर्पण आज पनि… पुरा पढौ

घरेलु टोली कास्कीलाई पराजित गर्दै स्याङजाले जित्यो तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा, १७ असार, घरेलु टिम कास्कीलाई स्याङजाले लिगको अन्तिम खेलमा पराजित गर्दै गण्डकी प्रदेशस्तरीय तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा आज (बुधबार) सम्पन्न लिग चरणको अन्तिम खेलमा पनि घरेलु टिम कास्की माथि ७१ रनको फराकिलो अन्तरले जित हासिल गर्दै स्याङजाले उक्त उपाधि हात पार्न सफल भएको हो । चिरप्रतिद्वन्द्वी कास्कीलाई ७१ रनले पराजित गर्दै स्याङजाले उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । लिगका चारवटै खेल जितेर… पुरा पढौ

अग्रज पत्रकार केशवराज पराजुलीको निधन, पोखराको सञ्चार क्षेत्रमा शोक

पोखरा, असार १७, पोखराका अग्रज पत्रकार, लेखक तथा समाजसेवी केशवराज पराजुलीको गएराति करिब १२ः०० बजे निधन भएको छ । लामो समयदेखि पत्रकारिता, सामाजिक सेवा तथा प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय रहँदै आएका पराजुलीको मंगलबार राति १२ बजे उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहाँको निधनले पोखराको सञ्चार, सामाजिक तथा बौद्धिक क्षेत्रमा गहिरो शोक परेको छ । अग्रज पत्रकार पराजुलीको पार्थिव शरीरको अन्तिम संस्कारका लागि आज बिहान करिब ८ः३० बजे तुलसीघाट लगिने कार्यक्रम तय गरिएको उहाँका आफन्तले जनाउनु भएको छ… पुरा पढौ

पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै घट्यो, पेट्रोलमा २०, डिजेल–मट्टितेलमा ३० र ग्यासमा १०० रुपैयाँ सस्तो, नयाँ मूल्य लागू

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेको निगमले पोखराक्लिकलाई जनाएको छ। नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ । मूल्य समायोजनपछि पेट्रोल पहिलो वर्गका क्षेत्रमा १९४ रुपैयाँ… पुरा पढौ

काठमाडौं विश्वविद्यालयको बिआईटि कोर्ष अब पोखराको प्रतिभा बिजनेस स्कुलमा सञ्चालन हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १६ असार, काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सूचना प्रविधिमा स्नातक (बिआईटी) कोर्ष कार्यक्रम अब पोखराको प्रतिभा बिजनेस स्कुल मा सञ्चालन हुने भएको छ । विद्यालयले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आगामी शैक्षिक सत्रदेखि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो । https://www.youtube.com/watch?v=mXlLb4LRYWA&t=218s पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य रवि प्रसाद बराल ले सूचना प्रविधिसँगै उद्यमशीलता, नैतिकता र नेतृत्व विकासलाई जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई केवल डिग्री हासिल गराउने नभई उद्योग,… पुरा पढौ

महिला टी–२० क्रिकेट प्रतियोगितामा स्याङजा शिर्ष स्थानमा, कास्कीको अपराजित यात्रा जारी, लिगका अन्तिम खेल बुधबार हुने

पोखरा १६, असार, पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता २०२६ अन्र्तगत स्याङ्जा शीर्ष स्थानमा रहेको छ । लिगका ३÷३ खेलमा जित हासिल गरेका स्याङजा र कास्कीको समान ६÷६ अंक रहे पनि रनरेटका आधारमा स्याङजा शिर्ष स्थानमा रहेको हो । लिग विजेता भोलि (बुधबार) हुने खेलबाट टुंगो लाग्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । बुधबार स्याङजा र कास्की बिचको खेलमा जसले जित्छ उक्त टोली प्रदेश स्तरिय क्रिकेटको लिग च्याम्पियन र पराजित… पुरा पढौ

जल, जमिन र वातावरणको सन्तुलन बिग्रँदा मानव अस्तित्व नै संकटमा पर्छः सरोकारवाला

दीननाथ बराल,पोखरा, असार १६, जल, जमिन र वातावरणीय प्रणालीबीचको प्राकृतिक सन्तुलन खल्बलिदा मानव समुदायको जीवन, स्वास्थ्य र भविष्य नै गम्भीर संकटमा पर्ने सरोकारवालाले चेतावनी दिएका छन्। वातावरण संरक्षणलाई केवल प्राकृतिक सम्पदाको संरक्षणका रूपमा नभई मानवअधिकारको अभिन्न विषयका रूपमा स्थापित गर्दै सरकार, निजी क्षेत्र, नागरिक समाज र आमनागरिकबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको वक्ताहरुले जोड दिएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना तथा मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको समन्वयमा मंगलबार पोखरामा आयोजित ‘वातावरण र मानवअधिकार’ विषयक अन्तरक्रिया… पुरा पढौ

पोखरामा देशभरका कफी व्यवसायी र कफी पारखीको भेट असार २० गते हुने तयारी

दीननाथ बराल,पोखरा, १६ असार, यदि तिमी कफीको सुगन्ध मन पराउँछौ, नेपाली कफीको स्वाद चाख्न चाहन्छौ वा कफीको यात्राबारे नजिकबाट बुझ्ने इच्छा छ भने, यही असार २० गते पोखरा पुग्नुपर्ने एउटा राम्रो कारण छ। देशभरका कफी उत्पादक किसान, व्यवसायी, कफी पारखी र उपभोक्ताको साझा जमघट पोखरामा हुँदैछ। हुन त कफी नेपालको परम्परागत खेती होइन। तर केही दशकयता यसले गाउँगाउँमा आफ्नो छुट्टै पहिचान बनाएको छ। विशेषगरी बाँदरको समस्या र वर्षौंदेखि बाँझै रहेका जमिनलाई सदुपयोग गर्दै कफी खेतीले किसानका लागि आम्दानीको नयाँ ढोका… पुरा पढौ

कोभिडपछि कण्डम वितरणमा तीव्र गिरावट, तीन वर्षमै गण्डकीमा ६ लाख ६४ हजारले घट्यो

दीननाथ बराल,पोखरा १५, असार, कोभिड–१९ महामारीपछि नेपालमा गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूको सहयोग घट्दै जाँदा गण्डकी प्रदेशमा निःशुल्क कण्डम वितरणमा उल्लेख्य कमी आएको छ । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, एएचएफको संयुक्त आज (सोमबार) पोखरामा आयोजित पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाले बताउनु भयो । कोभिडपछि विकास साझेदार संस्थाहरूको सहयोग घटेकाले कण्डम खरिद तथा वितरण प्रभावित भएको उहाँले जनाउनु भयो । केन्द्रको तथ्यांकअनुसार… पुरा पढौ

लेकसाइडको श्रीकृष्ण मारवाडी भोजनालयलाई ५० हजार जरिवाना

दीननाथ बराल,पोखरा, १५ असार, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित श्रीकृष्ण मारवाडी भोजनालयलाई ५० हजार जरिवाना गरिएको छ । बजार अनुगमनका क्रममा उक्त भोजनालयमा सरसफाइमा लापरवाही, लेबल नभएका खाद्य सामग्री बिक्री–वितरण तथा केही म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि पहिलो पटक सम्झाइबुझाइ गर्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ । उपभोक्ताको गुनासोका आधारमा श्रीकृष्ण मारवाडी भोजनालय मा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा सोमबार बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा खाद्य… पुरा पढौ