जिवनशैली पत्रिका

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

पोखरा, विपन्न समुदाय र जैविक विविधता साझेदारी संस्था ९नेलम्बो० नेपालले १० औं रारा पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते पोखराको इभेन्ट सेन्टरमा सम्पन्न हुने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने स्पेशल अवार्डमा सहयोग गर्ने गरी नेलम्बो नेपालले सहयोग गर्ने भएको हो । पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने… पुरा पढौ

प्रदेश बक्सिङ संघको साधारण सभा सम्पन्न, प्रदेश स्तरीय बक्सिङ तथा यू–१९ अन्तर विद्यालय स्तरीय बक्सिङ प्रतियोगिता गर्ने निर्णय

दीननाथ बराल,पोखरा, १५ वैशाख, गण्डकी प्रदेशमा बक्सिङ खेलका विभिन्न गतिविधि हुने भएका छन् । प्रदेश बक्सिङ सङ्घको आज (मंगलबार) पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा सम्पन्न सङ्घको दोस्रो साधारण सभाले यस खेलको विकास र प्रबद्र्धन गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको संघ गण्डकीका अध्यक्ष बिद्या प्रसाद मर्सानीले बताउनु भयो । केही समय पश्चात प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता तथा यू–१९ अन्तर विद्यालयस्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको उहाँले जनाउदै खेलाडी उत्पादन र दक्षता अभिवृद्धिका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने… पुरा पढौ

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

पोखरा, क्षत्री समाज नेपाल ले संविधान संशोधन समितिसमक्ष उपयुक्त राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ । राष्ट्रिय हित, आमजातिको एकतासहित क्षत्री जातिप्रतिको विभेद अनत्यका लागि आवशयक राय सुझाव पेस गर्न उक्त समिति गठन गरिएको समाजका महासचिव कृष्णबहादुर थापाले जानकारी दिए । उक्त समिति संयोजकमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता वीरेन्द्र केसी, सदस्यमा समाजका कानून विभाग प्रमुख अधिवक्ता यमबहादुर क्षत्री र केन्द्रीय सल्लाहकार प्राध्यापक सूर्य खड्का विखर्ची रहेका छन् ।समाजको दोस्रो कार्यकारिणी बैठक तथा चौथो केन्द्रीय… पुरा पढौ

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

पोखरा, वैशाख १५, नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र सम्मान पत्र छ । पत्रकारद्वयलाई आगामी वैशाख… पुरा पढौ

कास्कीका स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैशाख १४, पोखरा. स्थानीय तहका जनप्रतिनिधि संग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषक समेत मा बिमा सम्बन्धि सचेतना बढाउन सबै बिमा सेवा प्रदायक संस्था हरू कटिबद्धताका साथ लाग्नु पर्ने बताउनुभयो । बिमा दाबी ,भुक्तानीमा जटिलता देखिएको आम सर्बसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै प्रमुख पौडेलले सो प्रक्रिया सरलिकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र… पुरा पढौ

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग

पोखरा, सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती समारोह मनाएको छ । प्रतिष्ठान स्थापना भएको २५ औँ वर्ष उपलक्ष्यमा सोमबार नाथु प्रल्हाद स्मृति भवन पोखरा–२५ हेमजा याम्दीको सभा हलमा विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । कार्यक्रममा प्रतिष्ठानले सुब्बा नाथु गुरुङ र सुब्बा प्रह्लाद गुरुङका विषयमा केन्द्रित रहेर प्रकाशन गरेको रजत स्मारिका २०८३ को विमोचन गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा गण्डकी प्रदेश भौतिक पूर्वाधार… पुरा पढौ

पोखरामा घर तथा भवनका नक्सा पास नभएकाहरुको लागि अब ढिलाइ गर्ने ठाउँ छैन !

पोखरा, पोखरा महानगरपालिकाले लामो समयदेखि नक्सा पास नगरी वा आंशिक रूपमा मात्र स्वीकृति लिएर बनाइएका घर तथा संरचनाहरूका लागि अन्तिम अवसरको घोषणा गरेको छ। यदि घर धनीले हालसम्म “नक्सा सम्पन्न प्रमाणपत्र” लिएको छैन भने, अब २०८३ साल असार मसान्तभित्र अनिवार्य रूपमा अभिलेखीकरण गर्नैपर्छ। पोखराका मेयर धनराज आचार्यका अनुसार, यो प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत तयार गरिएको “भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० ९दोस्रो संशोधन २०८२०” अनुसार लागू गरिएको हो। यसको मुख्य उद्देश्य अवैधानिक रूपमा बनेका संरचनालाई कानुनी दायरामा… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

पोखरा , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ । पोखरा स्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित हुनुभएकोमा उपाध्यक्ष भण्डारीलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेश प्रमुख भट्टले संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिनुहुँदै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरू साझा गर्नुभएको थियो । संवैधानिक पदाधिकारीहरूबीचको औपचारिक छलफलका क्रममा… पुरा पढौ

पोखरा हङकङ बजारका व्यवसायीहरूले अत्यधिक भाडा वृद्धिको विरोध गर्दै टेण्डर खारेज गर्न माग (भिडियो सहित)

दीननाथ बराल,पोखरा १३, वैशाख, पोखराको पृथ्वीचोकस्थित हङकङ बजारका व्यवसायीहरूले अत्यधिक भाडा वृद्धिको विरोध गर्दै टेण्डर खारेज गर्न माग गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले हालको भाडादरभन्दा ५ देखि १२ गुणासम्म वृद्धि हुनेगरी टेण्डर आह्वान गरिएको भन्दै यसले साना व्यवसायी विस्थापित हुने अवस्था सिर्जना गरेको गुनासो गरेका हुन् । ठेकेदार कम्पनीले अत्यधिक उच्च दरमा बजार ठेक्कामा लिएपछि त्यसको प्रत्यक्ष असर व्यवसायीमाथि पर्ने भएको भन्दै पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त टेण्डर खारेज गरी बैज्ञानिक भाडा दर… पुरा पढौ

पूर्वाधार निर्माणका योजनाहरुको म्याद थप तथा मूल्य समायोजन हुनुपर्ने माग

दीननाथ बराल,पोखरा १३, वैशाख, गण्डकी प्रदेश निर्माण व्यवसायी संघले इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको भन्दै योजनाहरुको म्याद थप तथा मूल्य समायोजन गर्न माग गरेको छ । पछिल्लो समय डिजेल, पेट्रोल लगायत इन्धनमा भएको लगातार मूल्यवृद्धिले निर्माण उद्योग लगभग ठप्प हुने अवस्थामा पुगेको जनाउदै संघले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको भन्दै योजनाहरुको म्याद थप तथा मूल्य समायोजन गर्न माग गरेको हो । इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता… पुरा पढौ