जिवनशैली पत्रिका

पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने( भिडियो सहित)

दीननाथ बराल, पोखरा, २६ मंसिर, पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । आज (शु्क्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी मनाउने भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=sTyZfB5xfXE स्थापना दिवसको अवसरमा पोखराका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरिनेछ । यस वर्ष भाषा–साहित्य, कला–संगीत, शिक्षा, स्वास्थ्य, कृषि–उद्यम, सामाजिक सेवा, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, विज्ञान… पुरा पढौ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ, २६ मंसिर , लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबद्र्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विषम परिस्थितिका कारण हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सव ः सुरक्षा निकायका प्रमुखहरुको साझा भनाई–‘सुरक्षा हामी सबैको जिम्मेवारी’

मंसिर २६,पोखरा, रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्की स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ । अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उहाँहरुले प्रतिवद्धजा जनाउनुभयो । अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं… पुरा पढौ

पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला हुदै

दीननाथ बराल,पोखरा, २६ मंसिर महको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा आज (शुक्रबार) मौरी तथा मह मेला–२०८२ हुने भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा वडा नम्बर १६ र वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा मौरीपालन व्यवसायलाई प्रवद्र्धन तथा स्थानीय महको प्रचार–प्रसार गर्ने उद्देश्य सहित मेला आयोजना गर्न लागिएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । पोखरा–१६ स्थित महेन्द्रगुफा परिसरमा हुने मेलामा उत्कृष्ट मौरीपालकलाई सम्मान गरिने छ भने मह काढ्ने प्रतियोगिता, कृषकस्तरको वक्तृत्व प्रतियोगिता, मौरीपालन सम्बन्धी… पुरा पढौ

आदर्श समाजका व्यवस्थापक दुर्गादेवीलाई मातृशोक

नवलपुर, २६ मंसिर, आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलालाई मातृशोक परेको छ । उनकी आमा पोखरा–१४, छिनेडाँडा निवासी विष्णुमाया बरालको ९३ वर्षको उमेरमा बिहीबार साँझ चितवनको भरतपुर अस्पतालमा असामयिक निधन भएको हो । उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् । उनका एक छोरा कृष्णप्रसाद बराल, एक छोरी दुर्गादेवी बास्तोला एवं नातिनातिना र पनातिनातिना छन् । स्वर्गीय बरालको शुक्रबार दिउँसो १२ बजे गैंडाकोटस्थित आदर्श समाज परिसरबाट शवयात्रासहित देवघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । पुरा पढौ

खेलकुदमा हुने अनावश्यक राजनीति र लामो भाषणलाई रोक्न गण्डकी प्रदेश खेलकुद परिषदद्वारा आचारसंहिता लागू

दीननाथ बरालपोखरा , गण्डकी प्रदेशमा खेलकुद कार्यक्रमहरूमा वर्षौंदेखि दोहोरिएको लामो आसन ग्रहण, अतिथिको भीड, माला–खदा वितरण र अन्तहीन भाषणको संस्कार अन्त्य गर्न प्रदेश खेलकुद परिषद गण्डकीले औपचारिक रूपमा आचारसंहिता २०८२ लागू गरेको छ। प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ४५(१) बमोजिम तयार पारिएको ‘गण्डकी प्रदेश खेलकुद प्रतियोगितामा आसन ग्रहणको प्राथमिकता क्रम निर्धारण तथा पालना गर्नुपर्ने आचारसंहिता–२०८२’ आज (बिहीबार) बाट लागू भएको सदस्य–सचिव श्रीधर शर्माले पोेखराक्लिकलाई जानकारी दिनुभयो। राजनीतिलाई भन्दा खेलकर्मीलाई प्राथमिकता सदस्य–सचिव शर्माका अनुसार अब खेलकुद कार्यक्रमको केन्द्रमा खेलाडी,… पुरा पढौ

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस, प्रदेशमा १६ लाख ६२ हजार २ सय ४६ मतदाता

पोखरा, २५ मंसिर, निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो ।प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गर्नुभयो । प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सेमीफाइनल समिकरण पुरा

पोखरा, २५ मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका जियालियाङ… पुरा पढौ

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

लेखनाथ, २५ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ… पुरा पढौ

कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा आत्महत्याको सङख्या बढ्दो सचेतना र मनोपरामर्श गर्न सुझाव

दीननाथ बराल, पोखरा २४, मंसिर, कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिनु भएको हो । https://www.youtube.com/watch?v=F4oemYCuRdM आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विस्तृत विवरण… पुरा पढौ