सराङकोट, १६ फागुन, राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनुहुने भएको छ । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उहाँ भोली पोखरा आउनुहुने भएको हो। त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नुहुनेछ । भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक…
पुरा पढौ