जिवनशैली पत्रिका

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना, केसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवन निर्माण

पोखरा, कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका… पुरा पढौ

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धी छायाँ प्रतिवेदन तयारी विषयक प्रदेशस्तरीय कार्यशाला पोखरामा सम्पन्न

पोखरा, पुस ११, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीका विषयमा प्रदेशस्तरीय कार्यशाला गोष्ठी पोखरामा शुक्रबार सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको कार्यशालामा नागरिक समाजका सरोकार, चुनौती तथा सुझावहरू संकलन गरिएको इन्सेकले जनाएको छ। कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य अधिवक्ता डा. विद्या चापागाईंले चौथो आवधिक सरकारी प्रतिवेदन र नागरिक समाजबाट पेश गरिने छायाँ प्रतिवेदनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रतिवेदन तयारीका क्रममा उठाइएका मुद्दाहरू समेटेर संयुक्त राष्ट्रसंघमा पेश गरिने जानकारी गरिन्।… पुरा पढौ

कुमुदिनीमा “चाईनिज कल्चर एक्सपेरियन्स डे” सम्पन्न

पोखरा, ११ पुस, पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज “चाईनिज कल्चर एक्सपेरियन्स डे ” सम्पन्न भएको छ । कुमुदिनी होम्स सहित पोखराका ८ वटा विद्यालयमा चाईनिज भाषा सिकाउँदै आएका ८ जना चाईनिज भोलेन्टियर शिक्षकहरुले चिनियाँ संस्कृति, भाषाको आरम्भका अक्षर लेखनका तरिका, कागज काटेर विभिन्न आकार प्रकारका वस्तु बनाउने, चपस्टिक खेल लगायतका विषयहरुमा सहभागीलाई प्रयोगात्मक प्रदर्शन गराए । कार्यक्रममा सहभागी चाईनिज भाषा पढाउने पोखरा कुमुदिनीसहित ८ विद्यालयका प्रिन्सिपल, विद्यार्थी, काठमाडौंबाट आएका सेन्टर फर ल्याङग्वेज एजुकेशन… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको आय–व्यय सार्वजनिक

पोखरा, ११ पुस, गत असोजमा पोखरामा सम्पन्न दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रबर्धन केन्द्रको आयोजनामा गत असोज ११ गते सम्पन्न भएको प्रतियोगिता सम्पन्न गर्न १३ लाख २ हजार २ सय ५० रुपैयाँ खर्च भएको आयोजकले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण केही संघ संस्थाबाट भुत्तानी लिन ढिलाई भएकोले केही भुक्तानी गर्न बाँकी समेत रहेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । हालसम्म विभिन्न संघ संस्था तथा व्यक्तिबाट ९… पुरा पढौ

घाचोक–पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा

पोखरा,११ पुस, घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गर्नुभयो । माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो । कार्यक्रममा माछापुच्छ«े–१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले… पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र… पुरा पढौ

लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख

लेखनाथ, ११ पुस, लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्। महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ । विदाका दिनमा मात्र करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार… पुरा पढौ

लेकलाईड न्यू ईयर ईभमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने

पोखरा, पुस ११, पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने भएको छ । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रममा कार्टुन क्रुजकी आस्माले प्रस्तुती दिने भएकी हुन् । आस्माले प्रस्तुती राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरु छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुत गर्नेछिन् । पुस १६ गते बेलुकाको न्यू… पुरा पढौ

द कन्टेन्डर फाइट सिरिज ३ सुरु, मुख्य इभेन्ट शनिबार

पोखरा, साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको हो । मुवाथाई सँगै एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना हुने छ । प्रतियोगिताको मुख्य इभेन्ट भोलि हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलता पछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सव आइतबारदेखि सुरु हुने ९० प्रतिशत तयारी पूरा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ११ पुस, अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आगामी आइतबारदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइड क्षेत्रको करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा आयोजना हुने महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भएको आयोजकले आज (शुक्रबार) महोत्सव स्थल कोमागाने पार्कमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=jpGGbpEfd1M ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव पुस १७ गतेसम्म चल्ने भएको… पुरा पढौ