जिवनशैली पत्रिका

होटल संघद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण

पोखरा, १४ पुस, होटल संघ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पुर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई आइतबार छ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीको अगुवाईमा संघको टोलीले मन्त्री घिसिङलाई भेटी पर्यटन क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतिहरुलाई संवोधन… पुरा पढौ

टान गण्डकीद्धारा ४ दिने पदयात्रा व्यवसायी तालिम प्रदान

पोखरा, ट्रेकिङ एजेन्सीज एशोसिएन अफ नेपाल (टान) गण्डकीको आयोजना स्टिम ल्याव लिमिटेडको समन्वय, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा ४ दिने पदयात्रा व्यवसायीक तालिम प्रदान गरिएको छ । दिगो पर्यटन परियोजना अन्र्तगत टान गण्डकीमा आबद्ध सदस्य कम्पन्नी सन्चालकलाई लक्षित गरि हालै ४ दिने डिजिटल प्रमोशन र एआई टे«निङ पोखराको लेकसाइड स्थित वरपीपल रिसोर्टमा आयोजना भएको थियो भने सो तालिममा ५० जना पदयात्रा व्यवसायी तालिम प्रशिक्षार्थी रहेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो । पदयात्रा… पुरा पढौ

तामझामका साथ पोखरामा सुरु भयो सडक महोत्सव (भिडियो सहित), पोखरामा देखिएको जंगल जस्ता पोलका तारहरु अब सबै अण्डरग्राउण्डमा व्यबस्थापन गर्दैछौं ः मन्त्री घिसिङ

दीननाथ बराल, पोखरा १३, पुस, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने बिषय अहिलेको सरकारले भन्दा नयाँ आउने सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । रेवान पोखराले सुरु गरेको २७ औँ पोखरा सडक महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनबाट ६ महिना भित्र चुनाव गर्ने गरी स्थापना भएको सरकारबाट धेरै अपेक्षा गर्नु भन्दा आउने नयाँ सरकारले पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा मुख्य मुद्धा बनाउनु पर्नेमा… पुरा पढौ

जेनजीको माग पुरा गर्न पनि निर्वाचन तोकिएकै मितिमा हुने गरी हामी तयारी गरेका छौं ः मन्त्री खरेल ( भिडियो सहित) “अनलाइन र यूटुवलाई पनि नियमन गरिने ”

दीननाथ बराल,पोखरा १३, पुस, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशमा आर्थिक विकास र समृद्धि हासिल गरी शुसासन तथा भ्रष्टचार नियन्त्रणको लागि आउँदो फागुन २१ गते निर्वाचन हुनैपर्ने बताउनु भयो । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा स्थापना भएको सरकारले आगामी फागुन २१ गते निर्वाचन गरी नयाँ सरकारलाई हस्तान्तरण गर्ने गरी अघि बढेको दाबी गर्नुभयो । https://www.youtube.com/watch?v=MffMMwjLZkA… पुरा पढौ

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पुष १३,पोखरा, कास्कीजिल्ला टेनिस संघको आयोजनामापोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कपपोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाआइतबार विभिन्न समुहमाप्रतिस्पर्धा भएका छन् । आइतबार भएको मेन्स ओपनतर्फ नेहालजंगबहादुर थापाले जेयुनकिमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमानहजुर घलेले सन्दिपविकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशानश्रेष्ठलाई ७–५, ६–१ ले तथाप्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–०… पुरा पढौ

प्रदेश स्तरिय चलचित्र बिकास बोर्ड आवश्यक छः मन्त्री थापा (भिडियो सहित), चलचित्र पत्रकार संघको अध्यक्षमा बस्याल

दीननाथ बराल,पोखरा १२, पुस, पोखरा सहित गण्डकी प्रदेशमा रहेको विशाल सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र चलचित्र छायांकनका अमूल्य सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठन गर्न आवश्यक भएको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले बताए । https://www.youtube.com/watch?v=fNP9JlKqbyA शनिबार पोखरामा सम्पन्न चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले अघिल्लो कार्यकालमा सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्व सम्हालेका बेला नै बोर्ड गठनको अभियान अघि बढाइए पनि मूर्त रुप लिन नसकिएको उल्लेख गर्नुभयो… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः लेकाली र देउराली पनि गुञ्जिने

पोखरा, पुस १२, पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्डहरु लेकाली र देउराली पनि गुञ्जिने भएका छन् । गत वर्ष पोखरामा आयोजित व्याक टु नाईन्टिजबाट जुर्मुराएका दुई व्याण्डहरु लेकाली र देउराली गुञ्जिने भएका हुन् । । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डले पनि प्रस्तुती राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर… पुरा पढौ

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार कविराज खनाललाई

पोखरा, १२ पुस , लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई सम्मान गरिने भएको छ ।लेखनाथ क्षेत्रमै रहेर कम्तिमा १० वर्ष समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकामा यस वर्ष खनाललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली,… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि शिरोमणिलाई सम्झिदै ढकाललाई अभिनन्दन

लेखनाथ, कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन सम्पन्न भएको छ ।नेपाल संस्कृत विश्वविद्यालयबाट ’लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर वोधराज ढकाललाई अभिनन्दन गरिएको छ । आँधीखोला–६ स्याङ्जामा जन्मेर हाल पोखरा–८, सिमलचौर निवासी ढकालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधाहरुको प्राध्यापन, विभिन्न अनुसन्धानमूलक समीक्षात्मक कृतिहरुको प्रकाशन, शोध निर्देशन जस्ता महत्वपूर्ण कार्यहरु गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली भाषा तथा साहित्यमा उनको योगदानको कदर भएकोमा साहित्यकार एवम्… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा, पुस १२, विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्नेगरि आयोजित उक्त फेस्टिबलको नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका… पुरा पढौ