अन्तर्वार्ता

पोखराका सुकुम्बासी बस्ती हटाउनु अघि पहिचान र विकल्प दिन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशको माग (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १७ वैशाख, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले पोखरामा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य अघि बढाउनु अघि वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक व्यवस्था गरेर मात्र हटाउन सरकारसँग जोडदार माग गरेको छ । विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष रुद्र गौतमले बिना विकल्प गरिब तथा श्रमजीवी जनताको घरटहरा भत्काउने कार्य अमानवीय हुनु बताउनु भयो । https://www.youtube.com/watch?v=381YA8RLyMk&t=18s सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित रूपमा पुनस्र्थापना नगरी डोजर प्रयोग गरी हटाउने कार्यले सामाजिक अन्याय बढाउने उहाँको भनाई… पुरा पढौ

मनुश्री र भिग्नजित राष्ट्रिय जुनियर टेनिसमा यू-१८ तर्फ दर्शिललाई स्वर्ण, यू-१२ र यू-१४ मा सारालाई दोहोरो स्वर्ण

पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू-१८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गर्ल्स सिंगल्सतर्फ सारा पन्तले यू-१२ र यू-१४ तर्फ स्वर्ण पदक जितेकी छन् ।सम्पन्न प्रतियोगिताको यू- १८ ब्वाइजतर्फ दर्शिलले फाइनलमा शास्वत बज्रचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे । यू१६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दिपले रजत पदक हात पारे । यू१६ गर्ल्सतर्फ श्वरा थापाले स्वर्ण जितिने भने ऐरा खत्री रजत… पुरा पढौ

अर्जुन कुमालको शतकीय पारीमा कास्कीलाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पीएम) कप गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगिताको उपाधि कास्कीले नवलपुरलाई ४८ रनले पराजित गर्दै च्याम्पियन बनेको छ। पीएम कप छनौट एक दिवशिय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन भएको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४० रनको योगफल तयार पार्यो । २४१ रनको लक्ष्य पाएको नवलपुर ४३.२ ओभरमा अलआउट हुँदै १९२ रनमै समेटिन पुग्यो । कास्कीको जितमा अर्जुन कुमाल शतक… पुरा पढौ

पोखरा २१ कृष्तिमा सुन्तलाको सुनौलो याम (भिडियो सहित) काफलबोटे क्षेत्रमै फल्यो डेढ करोडको सुन्तला, महोत्सवको तयारीले स्थानिय उत्साहित

दिननाथ बराल,पोखरा, ९ पुस पोखरा महानगरपालिका वडा नम्बर २१ को कृष्ति–काफलबोटे क्षेत्र अहिले सुन्तलाले पहेँलपुर भएको छ । केही वर्षअघिसम्म मकै र कोदोसमेत राम्रो नफल्ने यो क्षेत्रमा यस वर्ष करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला फल्यो । सुन्तला खेतीले गाउँको अनुहार फेरिँदै गएपछि यहाँका किसानहरू उत्साहित देखिएका छन् । https://www.youtube.com/watch?v=apJA8f3z-Is काफलबोटे क्षेत्रमा करिब १६ घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । तीमध्येका एक किसान इन्द्रप्रसाद सुवेदी पोखराक्लिकलाई भन्छन्, “सुन्तला खेतीले हामीलाई आत्मनिर्भर बनायो । अहिले वार्षिक… पुरा पढौ

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनमसँग भिड्दै

पोखरा, तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । यि दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

पोखरा, सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा… पुरा पढौ

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन हुने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ। महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ।… पुरा पढौ

जिसस कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका कास्कीमा प्रथम

दीननाथ बराल, पोखरा १६, वैशाख, जिल्ला समन्वय समिति (जिसस) कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका प्रथम भएको छ । जिससले मंगलबार पोखरामा एक कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार एक सय अंक भारमा रूपा गाउँपालिकाले अन्य पालिकाहरु भन्दा बढी ६८ अंक ल्याउदै प्रथम भएको मंगलबार पोखरामा आयोजित सार्वजनिक कार्यकममा उल्लेख गरिएको हो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन तर्फ १६.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन तर्फ १७.५, लेखाङ्कन तथा प्रतिवेदन तर्फ १३, अनुगमन मुल्यांकन तथा लेखापरीक्षण तर्फ ८.५ र राजस्व… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

पोखरा, पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा(३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे । पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३(२ को सेटले पराजित गर्न सफल भयो ।महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३(० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल… पुरा पढौ