अन्तर्वार्ता

उभौली साकेला स्पेनमा पनि मनाइयो

स्पेन १३, म्याड्रिड किराँत तथा राई समुदायको उभौलि साकेला पर्वको अवसरमा सात समुद्र पारि स्पेनको म्याड्रिडमा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको छ । विभिन्न ढंगले विदेशीका नेपालीहरुले आफ्नो कला संस्कृतिलाई विदेशमा रहेर पनि उक्त पर्वलाई महत्वका साथ मनाउदै आएको स्पेनबाट एकराज गिरीले बताउनु भयो । पुरा पढौ

एसिया कपमा इजिप्टका इस्माइल र महिला तर्फ इजरायलकी इडालाई उपाधि, राष्ट्रिय तर्फ विपिन र पुष्पाले जित्नु भयो

दीननाथ बराल,पोखरा १५, वैशाख, इजिप्टका सिफेल्डिन इस्माइल र महिलातर्फ इजरायलकी इडा हेनसदोतिरले पोखरामा शनिबार सम्पन्न भएको ७ औं संस्करणको एसिया कप ट्रायथलन प्रतियोगिताको उपाधि जित्नु भएको छ । पोखराको फेवातालमा भएको ७ सय ५० मिटर पौडी, लेकसाइडको गौरीघाट देखि पार्दीसम्म भएको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड को निर्धारित दुरी इस्माइलले ५६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल हुनु भएको हो । त्यसै गरी निर्धारित दुरी ५७ मिनेट २० सेकेण्डमा पार गर्दै अष्ट्रेलियाका ब्रुकलिन हेनरी दोश्रो र… पुरा पढौ

बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी

दीननाथ बराल, पोखरा १५, वैशाख बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो । नारायणगंज क्लबको जितमा मेदी हसन(तोपु) ले ४ गोल र जाकीर हुसेनले एक गोल गर्नु भएको थियो । संघको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गर्नु भयो । पहिलो हापमा दुबै तर्फ… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान संचालन गर्न माग

दीननाथ बराल,पोखरा १३, वैशाख, खेलकुदको शहर पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान पुनः संचालन गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पर्यटनको राजधानि पोखरामा सहासिक खेलको हव भएको अबस्थामा विगत डेढ बर्ष देखि प्याराग्लाईडिङको सोलो उडान स्थगित हुनुले यस क्षेत्रमा खेल पर्यटनमा ठुलो असर परेकोले तत्काल संचालन गर्न यहाँका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो । DCIM\100GOPRO\G0015641.JPG पोखरा र यस क्षेत्रमा प्याराग्लाईडिङको विगत २० बर्ष अघि देखि सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै… पुरा पढौ

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो । प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा (सुक ब. तामाङ ) ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा… पुरा पढौ

सूर्य नेपाल टुर च्याम्पियनसीप अन्र्तगत एमेच्योर सदभावलाई उपाधि

काठमाडौं, चैत १५, प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन। अन्तिम दिन ३(अन्डर ६९ को स्कोर सहित समग्रमा १४(अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन। यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन… पुरा पढौ

श्री एयरलाइन्सले अमेरिकामा संचालनमा रहेका दुई जहाज नेपाल भित्रायो

पोखरा १३, चैत श्री एयरलाइन्स(कम्पनी) ले संयुक्त राज्य अमेरिकामा संचालनमा रहेका दुई वटा जहाज नेपाल भित्राएको छ । नेपालमा हवाई उडानको मागलाई मध्यनजर गरी कम्पनीले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको हो । संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू श्री एयरलायन्सले नेपालमा ल्याएको हो भने जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावर युक्त रहेको एयरलाइन्सको… पुरा पढौ

हिमालयन चेस एकेडेमीको उद्घाटन

काठमाडौं , चैत्र १ युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा विहीबार उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै… पुरा पढौ

प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको तयारी पूरा

टोकियो जापान ३०, फागुन प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पूरा भएको छ । जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सेन्टरको मार्च १७ तारिख का दिन (चैत४ गते) प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका सहसंयोजक विनोद ढकालले जानकारी दिनु भयो । यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो । सहसंयोजक ढकालका अनुसार जापानको राजधानी टोकियो… पुरा पढौ

विदेशको सीप, स्वदेशमा व्यवसाय

गुरुङको छोरो । घरपरिवार र समाजले लाहुरे बन्नुपर्छ भन्ने सुझाव र दवाव दिईरहन्थे । सुझाव र दवाव मानेर भर्ती हुन पनि गए तर फाइनल प्रतिस्पर्धामा सपना भने तुहियो । त्यसपछि लाहुरे हुने सपनालाई सधैका लागि त्यागे । अनि हान्निए विदेश । भर्ती नभएका युवा विदेश जानुपर्ने अर्को दवाव थियो गुरुङ समुदायमा । सके भर्ती हुने नभए विदेश जानुपर्ने बाध्यतासँगै उनले पनि एक दशक विदेश भासिए । वर्षौअघिको भर्ती हुने र विदेश जानुपर्ने प्रावधान अहिले पनि कायमै छ । कास्कीको पुम्दीभुम्दी… पुरा पढौ