गण्डकी सेरोफेरो

प्रदेश स्तरीय दुई दिने सुरक्षा गोष्ठी पोखरामा सुरु, जनतालाई ठग्ने र देशमा भ्रष्टचार गर्ने कसैलाई छोडीदैनः गृहमन्त्री श्रेष्ठ

दीननाथ बरालपोखरा १९, माघ, पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित प्रदेशस्तरीय गोष्ठी आज देखि पोखराको एक होटलमा सुरु भएको हो । उक्त गोष्ठीको नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्दै जनतालाई ठग्ने र देशमा भ्रष्टचार गर्ने कसैलाई नछाडिने दाबी गर्नु भएको छ । जनताले चाहे अनुसारको न्याय सहितको आर्थिक सबृद्वि हासिल गर्न नसकिएको तर केही सुधारको काम भएको उहाँको भनाई थियो । जनताले… पुरा पढौ

सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न

पोखरा १९, माघ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ । मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट… पुरा पढौ

पाहुनालाई स्वागत गर्दै सहारा क्लवमा संयुक्त बैठक

पोखरा, १९ माघ सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ आंै आहा रारा पोखरा गोल्डकप अवसरमा यहाँ आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै संयुक्त बैठक बसेको हो । स्व। सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी योजना लगायतबारे छलफल भएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए । छलफलमा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्व अध्यक्ष कुसाङ गुरुङ, पञ्च… पुरा पढौ

लिग च्याम्पियन चर्च व्वाईजलाई पराजित गर्दै त्रिभुवन आर्मी आहा रारा पोखरा गोल्ड कपको फाईनलमा

दीननाथ बरालपोखरा १८, माघ शहीद स्मारक ए डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लवलाई पराजित गर्दै बिभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को फाईनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज(विहिबार) भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले चर्च व्वाईज यूनाईटेड क्लबलाई अतिरिक्त समयको सहायताबाट २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एकरएक गोल भए पछि खेल ३० मिनेटको… पुरा पढौ

२१ औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

पोखरा १८, माघ २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् । सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत… पुरा पढौ

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा ३६ टिमको सहभागिता

पोखरा १८, माघ बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । आगामी आइतबारदेखि पोखरा १ टुडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार… पुरा पढौ

प्रदेश स्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिता फागुनमा

पोखरा, १८ माघ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनौट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ ।हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता… पुरा पढौ

लेकसाईडमा पर्यटकलाई दुःख दिने तथा बार्गेनीङ गर्ने ६ जना पक्राउ

पोखरा १७, माघ पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा पर्यटकलाई दुःख दिने तथा बार्गेनीङ गर्ने ६ जना पक्राउ परेका छन्। मंगलबार बेलुका ८ः०० बजे लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख हैरानी दिने, बाटो छेक्ने, व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने ६ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पक्राउ पर्नेहरुमा पोखरा ६ लेकसाईडमा बस्नेहरु २२ वर्षका सुदिप अर्याल, २६ बर्षका संदिप गिरी, १९ बर्षका सुमन शर्मा, २० बर्षीय नेत्र बहादुर प्रधान, २३ बर्षका सुशिल महतो र २६… पुरा पढौ

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

पोखरा, १७ माघ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन महाशाखाको सहमति सहित विधेयकको मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवत्ता टिकाराम पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण र सिचाई जलस्रोत तथा उर्जा लगायतका सरोकारवाला मन्त्रालयहरुको समेत राय समावेश गरेर तयार पारिएको विधेयकको मस्यौदा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको जानकारी दिनुभयो… पुरा पढौ

बुद्धिचाल संघ कास्कीका अध्यक्ष कोइरालाको निधन

पोखरा १७, माघ बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनिल कोइरालाको निधन भएको छ । पोखरा–४ गणेशटोल निवासी ५१ बर्षीय कोइरालाको मंगलबार स्वास्थ्यमा समस्या आए पछि पोखराको फिस्टेल अस्पतालमा उपचारकै क्रममा आज साँझ उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनको हृदयघातका कारण आज साँझ उपचारको क्रममा निधन भएको बताइन्छ । खेल क्षेत्र, व्यवसाय सहित विभिन्न संघ संस्थामा सक्रिय रहनु भएको कोइरालाको बिहिबार बिहान अन्त्यष्टि गरिने भएको उहाँका दाजु सञ्जीव बहादुर कोइरालाले बताउनु भयो । उहाँको निवासबाट शवयात्रा सहित पोखराको रामघाटमा… पुरा पढौ