कास्की

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने

काठमाडौं– लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता एप्रिल ६ मा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को साताको शनिबार हुनेछ । फेस्टिबल भने दुई दिनमा हुनेछ र शुक्रबार सुरु हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ । त्यस दौडमा पुरुष म्याराथनसँथै हाफ म्याराथन महिला, पाँच किलोमिटर खुला दौड पुरुष र महिला तथा पाँच किलोमिटर स्कुल ब्वाइज र गर्ल्सको पनि प्रतिस्पर्धा हुनेछ । म्याराथनतर्फ शीर्ष १० मा… पुरा पढौ

उपभोक्तालाई खानेपानीको प्रभावकारी सेवा देऊ ः कार्यालय प्रमुख कार्की

नेपाल खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख ई. आशिष कार्कीले खानेपानी संस्थान पोखराले प्रभावकारी सेवा दिइरहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३५ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्दै उपभोक्ताको सेवामा हरतरहले सेवारत रहन आग्रह गरे । कार्यालय प्रमुख कार्कीले सिनियर मिटर रिडर विमल तिम्सिना, हेभी ड्राईभर रुद्रप्रसाद शर्मा, ल्यावब्वाई सिमाना केसी, जुनियर प्लम्बर श्रीकृष्ण बास्तोला, मिटर रिडर सनिज श्रेष्ठ, कार्यालय सहयोगी बलबहादुर थापा, शंकर भूजेल, सुरेश शाही, गोविन्द अधिकारी र समिर शाहीलाई नगद १ हजारसहित प्रमाणपत्रले… पुरा पढौ

सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा समस्यामाः कार्यबाहक प्रमुख गुुरुङ

पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुुदेवी गुुरुङले सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्यामा परेको बताउनु भएको छ । ६७ औँ सहकारी दिवसको २०८० को अवसरमा पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजनामा सरकारी संघसंस्थाहरुसंग आयोजना गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुुभयो,“ सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा अहिलेको अवस्था सृजना भएको छ । त्यसैले सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्नुुपर्छ ।” उहाँले सहकारीहरु समस्याग्रस्त बन्दा बचकर्ताहरु पिडामा रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सञ्चालकहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुुभयो । उहाँले सहकारीलाई कसरी अगाडी… पुरा पढौ

पत्रकार महासंघको स्थापना दिवसः पत्रकार पराजुली र राजु एवं भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान

पोखरा, १६ चैत नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ ।महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो । पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । भने, भण्डारी परिवारलाई पत्रकार… पुरा पढौ

सूर्य नेपाल टुर च्याम्पियनसीप अन्र्तगत एमेच्योर सदभावलाई उपाधि

काठमाडौं, चैत १५, प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन। अन्तिम दिन ३(अन्डर ६९ को स्कोर सहित समग्रमा १४(अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन। यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन… पुरा पढौ

बालश्रम न्यूनीकरणमा पोउवा संघको सामाजिक विकास केन्द्र

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले बालश्रम न्यूनीकरणसहित संचालित विभिन्न कार्यक्रमका सरोकारवालाहरुसँग अन्तक्र्रिया सम्पन्न गरेको छ । संचालति कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्धेश्यले सुझाव संकलन गर्नको लागि सो कार्यक्रम आयोजना गरिएको सामाजिक विकास केन्द्रका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले बताए । बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक विकास केन्द्रले विगतदेखि संचालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको जिकिर गरे ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको आफ्नो वडामा ट्रान्सफर्मर चोरी हुँदा अध्यक्ष गुरुङ छक्क परे पछि…

दीननाथ बराल, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बिद्युत ट्रान्सफर्मर चोरी भएको छ । बुधबार राति ५० केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर माछापुच्छ्रे गाउँपालिका ८ स्थित इदि खोलामा रहेको ट्रान्सफर्मर चोरी भएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । विगत ५ महिना अघि नेपाल बिद्युत प्राधिकरणले मंसिरमा उक्त बिद्युत ट्रान्सफर्मर जडान गरेको थियो तर चाजीङ नगरेका कारण बिद्युत जडान नभएको अबस्थामा उक्त ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर भित्रको तार चोरी गर्ने उद्धेश्यले ट्रान्सफर्मर चोरी भएको स्थानियले आशंका… पुरा पढौ

धान्द्रुक महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट

पोखरा १५, चैत घान्द्रुक पर्यटन व्यवस्थापन समितिले यही चैत २७ गतेदेखि संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा चैत्र ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने समितिका अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल… पुरा पढौ

पोखरा १३ को स्वास्थ्य शिविरबाट २ सय जना लाभन्वित

पोखरा महानगरपालिका १३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा १३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो । शिविरमा आँखा, ब्लड प्रेसर, सुगरलगायत रोगको उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र दृष्टि आँखा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविर डा. सूर्यबहादुर हमाल र डा. किशोर भण्डारीको नेतृत्वमा भएको थियो । शिविरको व्यवस्थापन शहरी स्वास्थ्य केन्द्र पोखरा १३ ले गरेको थियो । शिविरमा ६० जनाको आँखा… पुरा पढौ

घान्द्रुक महोत्सवको तयारी तिव्र, महोत्सवमा क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १५, चैत, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती रहने भएको महोत्सवका… पुरा पढौ