कास्की

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम

पोखरा १३, असोज, पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक

पोखरा १३, असोज, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । त्यसै… पुरा पढौ

राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माण कार्यलाई प्रथामिकता दिने गण्डकी प्रदेश सरकारको प्रतिवद्धता

दीननाथ बराल, पोखरा १३, असोज, गण्डकी प्रदेश सरकारले राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माणको कामलाई उच्च प्रथामिकता दिने भएको छ । गण्डकी प्रदेशको संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता सार्वजनिक गर्न आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कुरा बताउनु भएको हो । उहाँले आगामी एक बर्षमा संयुक्त सरकारले आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासीको सोचलाई मुर्त रुप दिन ५९ बुंदे साझा संकल्प र नीतिगत प्रतिवद्धत्ता व्यक्त गर्नु भएको… पुरा पढौ

अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

पोखरा १३, असोज, विश्व मुटु दिवशका अवशर पारेर स्वस्थ मुटु नेपाल, अन्नपुर्ण गाउँपालिका ,टाईगर ग्रुप अफ पोखरा नेपाल,चरक मेमोरीयलहस्पिटल प्रा। लि।, को आयोजनामा कास्कीको अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निस्शुल्क स्वास्थ्य परिक्षण तथा जन चेतनामुलक कार्यक्रम भयो । आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडा स्वास्थ्य चौकीमा निस्शुल्क मुटु रोगीहरुको स्वास्थ्य परिक्षण सहित १७१ जनाको ईको, २५० जनाको ईसिजी र २९१ जनालाई नि शुल्क अ‍ौंषधि बितरण गरेका थिए ।उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले मुटुरोग विशेषज्ञ डा सुर्य देवकोटालाई… पुरा पढौ

बाढी पहिरोले पुर्याएको धनजनको क्षतिप्रति संघद्वारा दुःख व्यक्त

पोखरा, १३ असोज पछिल्ला केही दिनयता लगातारको बर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षतिप्रति होटल संघ पोखराले गहिरो दुःख प्रकट गरेको छ । राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा आइपरेको यसप्रकारको विपदमा परी ज्यान गुमाएकाहरुप्रति संघले हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । ‘विपदमा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धित पक्षलाई आग्रह… पुरा पढौ

पर्यटन र कृषि मुख्य प्राथमिकताः मुख्यमन्त्री पाण्डे

पोखरा, १३ असोज, एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, खेलकुद र पर्यटनको क्षेत्रमा योगदान दिने गुरुङ र बराल सम्मानित

पोखरा १२, असोज, पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी… पुरा पढौ

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ मन्त्री थापा

पोेखरा ११, असोज, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको… पुरा पढौ

होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान

पोखरा, ११ असोज ४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका तीन पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो ।   होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निशुःल्क बसोबास र खानपानको व्यवस्था पुरस्कारस्वरुप मिलाएको जानकारी दिए । अतिथि रिसोर्ट एण्ड स्पाः, ग्लेसियर होटल र होटल क्राउन हिमालयजले संघका तर्फबाट ती पर्यटकलाई बसोबास र खानपानको व्यवस्था मिलाएका… पुरा पढौ

रिन्जे नाँसामा घरवास प्रबद्र्धन

पोखरा, ११ असोज ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ… पुरा पढौ