कास्की

दशैं र तिहार पर्व लक्षित गरी पाोखराका होटल आवासमा ३० प्रतिशत छुटको घोषणा

दीननाथ बराल, पोखरा २३, असोज, नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने भएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरुमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोध गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य… पुरा पढौ

कृष्ण चरित्र नृत्य जोगाउन जुर्मरायो पाखुरीकोट गुरुङ समाज

गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाचको संरक्षणका लागि पाखुरीकोट गुरुङ समाज जुर्मुराउन थालेको छ ।विशेष गरेर जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने यो नाच लोप भएर जाने हो कि भन्ने चिन्ताले यसरी समाज नै यसको संरक्षणमा लागेको कार्यक्रम संयोजक बताउँछन् । एक महिना अगाडिबाट पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित उक्त कृष्ण चरित्र प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण… पुरा पढौ

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

पोखरा २२, असोज, नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए । कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको… पुरा पढौ

गण्डकीमा चाडपर्वमा भाडा नबढाउन यातायात व्यवसायी सहमत

पोखरा, २२ असोज, गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् । बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए । यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारी साधनले… पुरा पढौ

ठाकुर युआरएल अध्यक्ष

पोखरा, २२ असोज, गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा… पुरा पढौ

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

पोखरा,२२ असोज , राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए। उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर… पुरा पढौ

क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

पोखरा २१ असोज, क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित विधि पुर्वक महाआरती गर्ने भएको छ। ऐतिहासिक स्थल बाटुलेचौरमा रहेका चण्डिका, कालिका र अम्बिका मन्दिरमा असोज २४ गते फुलपातीका दिनदेखि विहान कलश यात्रा सहित शुभकामना आदानप्रदान र चियापान गरिने र साँझ महाआरती गर्ने गरी तयारी तीव्र पारिएको सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर,राजपँधेरा हुदै कालिका मन्दिरमा पुगेर… पुरा पढौ

पामे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज पराजुली

पोखरा, २० असोज, पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।… पुरा पढौ

चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

पोखरा, असोज १९, पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो । असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए ।… पुरा पढौ

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट, एन प्याव्सन कास्कीको साधारण सभा

पोखरा, २० असोज गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनु पर्ने बताउनुभएको छ । नेशल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले समान अधिकारका लागि आवज उठाउन आग्रह गर्नुभयो । ‘अव छिट्टै नै शिक्षा सम्वन्धि नयाँ कानुन आउदैछ’ भट्टले भन्नुभयो, ‘कानुन वन्ने वेलामानै तपाईहरु तात्नु पर्ने वेला आएको छ ।’ निजी विद्यालयकै अथक मेहनेतले रिजल्ट राम्रो आएको उहाँको भनाई थियो ।… पुरा पढौ