कास्की

रास्वपाका सभापति लामिछाने पक्राउ परेको बिरोधमा पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन, बचत फिर्ता हुनेमा सहकारी पिडित झिनो आशामा

दीननाथ बराल, पोखरा ३, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रास्वपाले पोखराको चिप्लेढुंङगा र काठमाण्डौंको माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिसोचका आधारमा रविलाई फसाउने सडेन्त्र गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले रविलाई पक्राउ गरेको आरोप लगाउनु भयो । रास्वपाका नेता तथा कार्यकर्ताहरुले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन खोजेकोे आरोप लगाउदै गुरुङ र पोखरेलको… पुरा पढौ

ढिकालेथर महिला बचत सहकारीको १२ औ साधारण सभा

पोखरा, ३ कार्तिक, पोखरा महानगरपालिका वडा नं १२ स्थित ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । नेपाल बचत तथा ऋण सहकारी संघका संचालक सदस्य कमला गिरी वर्तमान अवस्थामा सहकरीमा देखिएको समस्या र समाधानको वारे चर्चा गरिन् । कास्की जिल्ला सहकारी संघ तथा राष्ट्रिय सहकारी बैकका लेखा सदस्य चन्द्रवती पराजुलीले सबै मिली आफ्नो आर्थिक, सामाजिक र सांस्कृति माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिने भनिन् । ढिकालेथर महिला बचत तथा… पुरा पढौ

समाजबादीका संयोजक डा. बाबुराम भट्टराईद्धारा रविका बिषयमा निर्दोष भए फसाउन नहुने र दोषी भए उम्कन नहुने प्रतिकृया (भिडियो) सहित

दीननाथ बराल,पोखरा ३, कार्तिक, नेपाल समाजबादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको बिषयमा निर्दोष भए फसाउन नहुने र दोषी ठहर गरे उम्कन नहुने बताउनु भएको छ । नेपाल समाजबादी पार्टीले आज (शनिबार) पोखरामा आयोजना गरेको विधान महाधिवेशनको तयारीको बारेमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । रविको बिषयमा राम्रो होस भन्ने कामना गर्दै संयोजक डा. भट्टराईले सत्यता नभए पनि न्यायलयलाई रवि आफैले सघाउछु भन्नुले उहाँ प्रति सहानुभूति समेत व्यक्त… पुरा पढौ

हेमजामा हुने बिच एण्ड फिस फेस्टिवल अन्र्तगत फाइभ ए साइड फुटवल बिजेतालाई ५० हजार पुरस्कार

पोखरा ३, कार्तिक, पोखरा महानगरपालिका वडा नम्बर २५ मा रहेको आर.एस.बिच क्लबको आयोजनामा बिच एण्ड फिस फेस्टिभल २०८१ हुने भएको छ । आज (शनिबार) आर.एस.बिच क्लबको खेल मैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । उक्त फेष्टिवल अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु हुने भएको आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले बताउनु भयो । पोखरा २५ हेमजा क्षेत्र एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना… पुरा पढौ

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न ः

पोखरा, ३ कात्तिक, संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा ७ मासबार कोलबारी मार्गमा रहेको डिज्नील्याण्ड एकेडेमीको प्रङ्गणमा उक्त सभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको परिस्थितिमा आफूलाई जोखिमरहित भएको बताउनु भयो । शेयर सदस्यहरुले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजवुत बनाउन लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो । उहाँले पोखरा… पुरा पढौ

फेवातालमा फसेका ७ जनालाई सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा २, कार्तिक, पोखराको फेवातालको बिच भागमा फसेकालाई आज(शुक्रबार) शकुसल उद्धार गरिएको छ । आज दिउँसो करिब ३ः३५ बजे आएको हावाहुरी, बतास सँगै पानीको छाल आई दुई वटा स्ट्याण्डी बोर्ट र एउटा प्याडल बोर्ट मा सवार ७ जना फेवातालको बिचमा फसेकाहरु लाई सशस्त्र प्रहरी बल कालिका गण अन्र्तगत फेवातालमा रहेको एपीएफ रेस्क्यु टावरमा खटिएको विषेश विपद् व्यवस्थापन तथा उद्धार टोलीले उद्धार(रेस्क्यू) गरेको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले बताउनु भयो । स्मरण रहोस विहिबार उक्त टोलीले दुई जनाको तालबाट… पुरा पढौ

के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ?

पोखरा २, कार्तिक, के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ? यदि ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि नखुवाउनु भएको छ भने नजिककोे स्वास्थ्य चौकीमा लगेर खुवाउन सक्नु हुन्छ । यसैक्रममा, आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नु भयो । अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब… पुरा पढौ

पोखराको पूर्ण योगा रिट्रिटमा शनिबार भक्ति कन्सर्ट हुने

पोखरा २, कार्तिक पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिट र भक्ति ब्याण्डको आयोजनामा भोलि (शनिबार) पोखरामा भक्ति कन्सर्ट हुने भएको छ । पूर्ण योग रिट्रीटको खुल्ला चौरमा हुने उक्त कन्र्सट साँझ ६ बजे देखि बेलुका ९ बजेसम्म हुने गरी तयारी गरिएको पूर्ण योगा रिट्रिटका संचालक मनोहर श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । लोक, रक र नेपाली संगीतमा कन्सर्ट हुने भएको छ । उहाँका अनुसार विदेशी कलाकार (जर्मनी नागरिक) ब्याटा सहित नेपाली कलाकार योगेस कार्की, सागर सहितका कलाकारको बिषेश प्रस्तुती रहने भएको… पुरा पढौ

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

पोखरा, कार्तिक २, प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखे । “वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न । वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले यसले… पुरा पढौ

कोजाग्रतपूर्णिमा पर्वमा तालवराही मन्दिरमा दर्शनार्थी एवं पर्यटकको भिड (भिडियो सहित), नगर प्रहरीले मेला बिथल्यो

दीननाथ बराल, पोखरा १, कार्तिक, पोखरा फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिर अवलोकन तथा दर्शन गर्नेहरुको बिहिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन विहिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड भएको उहाँले दाबी गर्नु भयोे । तालवराही मन्दिरको… पुरा पढौ