मनोरन्जन

राष्ट्रिय सम्पदाको अध्यक्षमा ठाकुर, टेकनाथ सम्मानित

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो । टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।… पुरा पढौ

जनताको भलो हुने काममा मेरो ध्यान छ : मुख्यमन्त्री अधिकारी

पोखरा १२ जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो ध्यान जनताको भलो हुने काममा रहेको बताउनुभएको छ । मादी गाउँपालिका वडा नम्बर ७ मा निर्मित थाक समाजघरको शनिबार समुद्घाटन गर्दै उहाँले धेरैं बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा रहेको खुलाउनुभयो । ‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पु¥याउने कोसिस गर्नेछौं, खानेपानी लगायतका यहाँका समस्याको बारेमा म जानकार छु, ती समस्या समाधान गर्न निरन्तर लाग्नेछु’ उहाँले भन्नुभयो ।  मादी गाउँपालिकामा विकास निर्माण काम तीव्रताका साथ गर्दै जाने प्रतिवद्धता उहाँको… पुरा पढौ

टिम वाराहीलाई वाईवाई यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा, ११ जेठ, टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ को विजेता बनेको छ ।कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेल मध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो । प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई तीन रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई पाँच विकेटले पराजित गरेको थियो… पुरा पढौ

फिस्टेल एसइई कप फिस्टेल र भद्रकाली च्याम्पियन

पोखरा, जेठ ९, पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा ३र३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्तिनिकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो । यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्तिनिकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–०… पुरा पढौ

पोखरा २६ मा व्यूटिसियन तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । वडाध्यक्ष थापाले महिला दिदी बहिनीहरुकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे । अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि शिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै, सावुन बनाउने तालिम… पुरा पढौ

पश्चिमाञ्चल माध्यमिक विद्यालयमा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने

दीननाथ बराल,पोखरा ८, जेठ, पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्र देखि सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने भएको छ । पोखरामा सौन्दर्य तथा केश कलाको प्रवल सम्भावना भएकोले नेपाल सरकारकै पाठ्यक्रम अनुसारको व्यवहारिक शिक्षा दिने उद्धेश्यले आउँदो शैक्षिक सत्रको प्लस टुमा उक्त कोर्ष सुरु हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा ४, गैह्रापाटनस्थित पश्चिमाञ्चल मा.वि. ले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको… पुरा पढौ

पोखरा स्थित शिसुवामा रहेको चक्रदेवीे सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ

दीननाथ बराल,पोखरा ८, जेठ, पोखराको शिसुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ पर्नु भएको छ । पोखरा ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा मंगलबार २ः०० बजे तोडफोड गरेको आरोपमा ३ जना महिला सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सहकारीका कर्मचारी माथी हातपात गरेको, कागजपत्र हिनामिना तथा टेलीफोन एवं नेटको तार समेतमा क्षति पु¥याएको आरोपमा उहाँहरुलाई प्रहरीले पक्राउ गरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार पक्राउ पर्नेहरुमा… पुरा पढौ

अन्नपूर्ण म्याराथनको तयारी तिव्र, यही जेठ २१ गते प्रतियोगिता हुने

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.स.२०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तिव्र पारिएको छ । अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन-२०८१ आगामी जेठ २१ गते सोमवार हुनेछ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका लागि सुरू गरिएको म्याराथनलाई निरन्तरता दिईएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताए । विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस… पुरा पढौ

फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को सोमबार औपचारिक उद्घाटन भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे । सोमवार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । यस्तै दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले… पुरा पढौ

छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धन गरेर फर्किए पोखरा होलसेल व्यवसायी

पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धन गरेर फर्किएका छन् । सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्व तथा सल्लाहकार एवम् पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य प्रेमप्रसाद सुवेदीको समन्वयमा गएको टोली बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवद्र्धन गरेर पोखरा फर्किएको हो । उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले जेठ ३ गतेदेखि ७ गतेसम्म भ्रमण गरेको टोलीले… पुरा पढौ