मनोरन्जन

अन्नपूर्ण दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गर्दै मनाइदै

दीननाथ बराल, अन्नपूर्ण दिवस पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । जुन ३ अर्थात अन्नपूर्ण दिवसको अवसरमा पोखरामा आज र भोलि विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औं आरोहण दिवस विभिन्न कार्यक्रमका साथ पोखरामा मनाइने भएको निमिक्त प्रमुख पोखरेलले बताउनु भयो । आइतबार कास्कीको धिताल गाउँ हुँदै अस्तामसम्मको… पुरा पढौ

पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । यसअघि… पुरा पढौ

टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि

स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल १६ टिमको… पुरा पढौ

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी, वडा नं. २६ बाट वडा रत्न घोषणा

लेखनाथ÷१८ जेठ, सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो । बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो ।स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे, निवर्तमान… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल म्याग्दीको बेनीमा सुरु

म्याग्दीको बेनीमा गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबारबाट उक्त प्रतियोगता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमबा बीच गण्डकी प्रदेश सासद विमला गौचनले गरेकी छन् । सो आवसरमा बोल्दै सांसद गौचनले परम्परागत र मौलिक खेलहरुको जर्गेना गर्न यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै संस्कृतीको संरक्षणका र प्रवर्द्धनका लागि समेत उत्तिकै आवश्यक रहेको जनाइन् । गण्डकी प्रदेश सरकारले विभिन्न जातजातीका बीच लोकप्रिय खेलहरुको जर्गेना गर्न सुरु गरिएको अभियान प्रति खुसी व्यक्त गर्दै… पुरा पढौ

दशनामी समाजको छलफल तथा अन्तरक्रिया सम्पन्न

पोखरा, जेठ १६, आफनो संस्कार, संस्कृति संरक्षण तथा दशनामी समाजको उत्थानमा क्रियाशिल हुन नेपाल दशनामी समाज कास्कीलाई सुुझाव दिइएको छ । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले समुदायको हितमा क्रियाशिल हुदैँ मौलिक संस्कार, संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य केदार गिरीले पूर्खाहरुको इतिहारलाई भुुल्न नहुने बताउनुुभयो । आफनो संस्कार,संस्कृति के थियो भन्ने बारेमा जानकारी लिनुपर्ने र त्यसलाई आत्मसाथ गर्दै… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

दीननाथ बरालपोखरा १६, जेठ, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । आज (बुधबार) गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मत प्राप्त गरेको विधि र प्रकृया असंवैधानिक ठहर गर्दा उहाँ पद मुक्त हुनु भएको हो । सर्वोच्च अदालतले अधिकारीलाई… पुरा पढौ

आउदो बर्षको लागि १८ खर्ब ३० अर्बको बजेट (पूर्ण पाठ सहित)

नेपाल सरकारले आउदो बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव०) २०८१÷०८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत गरिएको बजेटको पूर्ण पाठ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको… पुरा पढौ

रेवान पोखराले आयोजना गरेको स्वास्थ्य शिविरबाट माछापुच्छे« गाउँपालिका सैतीघट्टाका ५ सय जना लाभान्वित

रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले आयोजना गरेको स्वास्थ्य शिविरबाट कास्कीको माछापुच्छे« गाउँपालिका सैतीघट्टाका करिब ५ सय जना लाभान्वित भएका छन् । माछापुच्छे« गाउँपालिका ९ सैतीघट्टाको गोरीशंकर मनिलाल माविमा मंगलबार भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा औषधी पनि उपलब्ध गराइएको थियो । स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको… पुरा पढौ

वडा नागरिक आरोग्य कार्यक्रम स् ११८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण

पोखरा महानगरपालिका वडा नं।२५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरण समापन गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । ‘हामीले पहिलो चरणमा ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, अध्यक्ष तिम्सिनाले भन्नुभयो, यस क्रममा वडामा रहेका यी वर्गहरूको वास्तविक स्वास्थ्य अवस्था बुझ्ने… पुरा पढौ