मनोरन्जन

टाइगर कप भलिबलः ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित

पोखरा १६, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निक९ाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो । पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई… पुरा पढौ

यही माघ १६ देखि सिमित सङख्यामा ओशो ध्यान शिविर पोखरामा हुने

पोखरा १५, माघ, यही माघ १६ गते देखि सिमित सङख्यामा मात्र ओशो ध्यान शिविर पोखरामा हुने भएको छ । ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा पोखराको बिजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेल मैदानमा यहि माघ १६ गतेदेखि १९ गतेसम्म हुने ध्यान शिविरमा सिमिति सङख्यामा मात्र सहभागि गराइने भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरामा ४ दिने योग प्रज्ञा साधना अर्थात ध्यान शिविरमा करिब ५० जनालाई मुस्किलले व्यबस्थापन गर्न सकिने भएको ओशो अखण्डले बताउनु भयो ।… पुरा पढौ

पोखरामा पनि प्रभातफेरी तथा स्वास्थ्य परिक्षण गरी प्रेस सेन्टरको स्थापना दिवस मनाईयो

पोखरा १५, माघ, प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी तथा स्वास्थ्य परिक्षण गरी स्थापना दिवस मनाएको छ । पोखराको मानव अधिकार चोक बाट सुरु भएको प्रभातफेरी (र्याली) पोखरा सभागृहमा पुगेर समापन भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गर्दै २१ बर्ष अघि गठन भएको प्रेस सेन्टरले अब समाजबादी यात्रामा शसक्त्त रुपमा कलम चलाउन आग्रह गर्नु भयो । स्वास्थ्य परिक्षणको समेत उद्घाटन गर्दै उहाँले जनताको पक्ष र आवाज विहिनहरुको आवाज… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ सुरु, आयोजकको विजयी सुरुवात

पोखरा, १५ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामहानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गर्यो । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै… पुरा पढौ

टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित

पोखरा १५, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकीले एपिएफलाई हरायो

पोखरा १५, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र… पुरा पढौ

टाइगर कप भलिबलः भोलि लिग चरणका ४ खेल हुने

पोखरा १४, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब… पुरा पढौ

औधोगिक व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

पोखरा, १४ माघ, पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन् र त्यसलाई बजारसम्म पु¥याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो । कतै मेला÷महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्नखाले जडीबुटीको प्रदर्शन र बिक्री गर्छन् । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा उनी भन्दै थिए,‘यी जडीबुटीहरुले तपाईंलाई केही बेफाइदा गर्दैन । खाँदा साडइ इफेक्ट… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपाल बिचको खेल स्थगित

पोखरा १४, माघ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण उक्त खेल स्थगित गरिएको हो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित गरिएको हो । ‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपमा सहभागि हुन यूकेबाट फुटबल टिम नेपाल आयो

काठमाडौंमा १४ माघ, आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् । सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता… पुरा पढौ