२२ औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ९, पुस

कास्की जिल्ला टेनिस संघको आयोजनामा खेलकुदको शहर पोखरामा यही पुस ११ गते (शुक्रबार) देखि २२ औँ माछापुच्छ्रे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही पुस १५ गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी मुलुक भारत, भुटान सहित नेपालका चर्चीत १ सय ६० जना खेलाडीहरु सहभागि हुने भएको बुधबार (आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा पुरुष तथा महिला ओपन सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथिका विभिन्न उमेर समूह गरी कुल १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले बताउनु भयो । ओपनतर्फ पुरुष तथा महिला सिंगल्स विजेताले जनही नगद ८० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पाउने छन्। त्यसैगरी पुरुष तथा महिला डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने संघले जनाएको छ । उमेर समूह अनुसारका अन्य इभेन्टहरूमा पनि आकर्षक नगद पुरस्कार, ट्रफी तथा मेडलको व्यवस्था गरिएको छ ।

३५ बर्ष माथि उमेर समुहमा सिंगल तर्फको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार प्रदान गरिने भएको छ । त्यसै गरी यस इभेण्टको डबल्स तर्फ विजेतालाई २० हजार उपविजेतालाई १० हजार प्दान गरिने भएको छ । ४५ बर्ष माथि एकल तर्फको विधामा विजेतालाई ४० हजार, उपविजेतालाई २० हजार प्रदान गरिने भएको छ भने डवल्स तर्फ विजेतालाई २० र उपविजेतालार्य १० हजार पव्दान गनिरे भएको छ । त्यस्तै ५५ बर्ष माथि उमेर समुह सिंगल तर्फ विजेतालार्य ३० हजार उपविजेतालाई १५ हजार, डबल्स तर्फको विजेतालाई भने २० हजार र १० हजार पुरस्कार व्यबस्था गरिएको छ ।६५ बर्ष माथि सिंगल तर्फको विजेतालाई १५ हजार उपविजेतालाई ७ हजार ५ सय, डबल्स तर्फ विजेतालाई १० हजार र उपविजेतालाइ ५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

संघका सचिव तथा कार्यक्रम संयोजक विश्वराज पौडेलका अनुसार टेनिस कोर्टमा लाइट जडानका लागि सहयोग संकलन गर्ने उद्देश्यले प्रतियोगिताको अवसरमा गाला डिनर कार्यक्रम समेत आयोजना गरिनेछ । उक्त कार्यक्रमको लागि ५ हजार प्रबेश शुल्क राखिएको छ भने ८० वटा टिकट अग्रिम बुकिङ भएको एक सय जनाको सिट क्षमतामा कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रमबाट बचत रकम लाइड जडानको लागि टोकन मनिको रुपमा हुने पौडेलले जनाउनु भयो । नेपालका नम्बर वान टेनिस खेलाडी प्रदीप खड्काले यस्ता प्रतियोगिता निरन्तर रुपमा हुनु र नगद सहित खेलाडीलाई पुरस्कृत गर्नुले आफुहरुलाई थप हौुला मिल्ने बताउनु भयो । उक्त प्रतियोगिताले खेलकुदसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तीले बताउनु भयो ।