अर्थतन्त्र

विन्दवासिनी सहकारीका अध्यक्ष सहित ३ जना पक्राउ

दीननाथ बराल, पोखरामा सहकारीको रकम हिनामिना गरी ठगी आरोपमा पोखरा ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ३ जना पक्राउ पर्नु भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य तथा ऋण संयोजक कृष्णमान श्रेष्ठ र सहकारीको जग्गा खरिद गरेका उदित संदिप पौडेललाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन कास्की प्रहरीलाई बुझाएसंगै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।… पुरा पढौ

भरतपुर र पोखराको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने

दीननाथ बरालभरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने भएको छ । भरतपुर महानगरपालिका मेयर रेणु दाहाल र पोखराका पर्यटन व्यवसायीहरु बिचको हालै भएको भेटघाट कार्यक्रममा दुबै शहरको पर्यटन प्रर्बद्धन गर्न सहकार्य हुने बिषयमा छलफल भएको हो । मेयर दाहालले आफुहरुले हालै भरतपुर भ्रमण बर्ष घोषणा गरी अघि बढेकोले यस बर्ष सहयोग गर्न आग्रह गर्दै आउदो बर्षमा पोखराको पर्यटन प्रबद्र्धन गर्न सहयोग गर्ने बताउनु भयो । मेयर दाहालले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल पार्न पोखराका… पुरा पढौ

मोडिफाई गरेका मोटरसाइकल चलाउने चालक सहित वर्कसप संचालकलाई कारवाही सुरु

दीननाथ बराल पोखरामा स्वरूप परिवर्तन (मोडिफाई) गरी मोटरसाइकल चलाउने चालक सहित वर्कसप संचालकलाई कारवाही गर्न सुरु गरिएको छ । पोखरामा पछिल्लो समयमा मोडिफाइ गरी मोटरसाइकल चलाउने युवाको सङख्यामा बृद्धि भएसंगै जिल्ला प्रहरी कार्यालय कास्कीले मोडिफाई गरी सवारी चलाउने र मोडिफाइ गर्ने वर्कसपलाई समेत कार्वाही गर्न सुरु गरिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा पछिल्लो तीन दिनमै ५९ वटा मोडिफाइ गरेका मोटरसाइकलहरु नियन्त्रणमा लिई आवस्यक कारबाहीको प्रकृया अघि बढाइएको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले बताउनु… पुरा पढौ

जिसस कास्कीद्वारा क्षेत्र न। एक र तीनका योजनाको अनुगमन

जिल्ला समन्वय समिति कास्कीको टोलिले निर्बाचन क्षेत्र न ३ को योजनाको आइतबार अनुगमन सम्पन्न गरेको छ।प्रमुख लिलाधर पौडेलको नेतृत्वमा जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्य र कर्मचारी प्राबिधिक कर्मचारी सम्मीलित टोलिले अनुगमन गरेको हो। कास्की निर्वाचन क्षेत्र न ३ को पोखरा महानगर पालिका वडा न २३ मा नेपाल सरकार शहरी बिकास मन्त्रालय एकीकृत पूर्बाधार बिकास कार्यक्रम अन्तर १२ करोड ४६ लाखको लागतमा निर्माणाधीन कोल्ड स्टोर , प्रदशनि हल र सामुदायिक भवन सहितको आयोजनाको अनुगमन गरिएको हो । जय नेपाल… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको आयोजनामा रक्तदान कार्यक्रम

फागुन २०, पोखरा मुद्रण उद्योग संघ कास्कीको आयोजनामा आज विहान खुल्ला रक्तदान र बधाई कार्यक्रम सम्पन्न भएको छ ।नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बसन्त बास्तोलाले पहिलो पटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष बास्तोलाले मानिसलाई आवश्यक अन्य अंगहरुको विकल्प बनेपनि आजका दिनसम्म व्यक्तिको रगतको विकल्प उही समूहको व्यक्ति नै रहेकोले गर्दा रक्तदान आवश्यक रहेको छ भने, उनले हामीले अन्य पुण्यको कार्य… पुरा पढौ

जिल्ला खेलकुदहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया सम्पन्न

पोखरा २०, फागुन प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८१र०८१ मा प्रदेशका ११ वटै जिल्लामा सम्पन्न भएका विभिन्न गतिविधिहरुकाका बारेमा गम्भिर छलफल गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् । कार्यक्रममा जिल्लाका अध्यक्ष, पदाधिकारी एवं कार्यालय प्रमुखहरुको उपस्थितीमा सम्पन्न समिक्षा कार्यक्रममा जिल्लामा भए गरेका खेलकुद गतिविधि, कार्यालय सञ्चालन एवं आगामी वर्षका योजनाहरुका बारेमा समेत छलफल… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी सुरु

प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजना हुने उक्त प्रतियोगिताको लागि परिषदले विभिन्न खेलका प्रदेश संघका अध्यक्षहरु संग बैठक बसी तयारी सुरु गरेको हो । प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ । बागमती प्रदेशस्तरीय प्रतियोगिता यहि चैत्र २ गतेबाट औपचारिक रुपमा सुरु हुने भए पनि केही खेलहरु त्यस अगावै सञ्चालन हुने सदस्य सचिव श्रीधर शर्माले जानकारी… पुरा पढौ

नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन

पोखरा, २० फागुन नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् । स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण… पुरा पढौ

पोखरामा भोली महाकमेडी विथ महाजात्रा, हाँस्यकलाकारको बाक्लो उपस्थिति

पोखरा २०, फागुन पोखरामा भोली महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए । उनले पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारहरुसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी… पुरा पढौ

पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

पोखरा २०, फागुन पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैशाख १ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महायज्ञ हुने आयोजक संस्था श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले जनाएको छ । महायज्ञमा पीठाधीष हरिहर सन्यास आश्रम देवघाटधामका प्रमुख वाचक अनन्त श्री विभूषित ज्ञानान्द सरस्वती महाराज रहने संयोजक लक्ष्मण पौडेलले बताए । उनका अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीषहरुको उपस्थिति हुनेछ । सप्ताह ज्ञान महायज्ञबाट बचत हुने रकम वैदीक गुरुकुलहरुको… पुरा पढौ