अर्थतन्त्र

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क

गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् । यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको लागि प्रवेश… पुरा पढौ

सि.जि.मोटर्सको नयाँ शोरुम पोखरामा, पोखरामा इभी गाडीको माग बढ्दो

दीननाथ बराल, पोखरा २१, वैशाख, सि.जि.मोटर्सको नयाँ शोरुम पोखरामा सुरु भएको छ । सि.जि. मोटर्सको गण्डकी क्षेत्रको आधिकारीक बिक्रेता टि.टि.ग्लोबलको इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४, १६ र १९ सिटर किलोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले उक्त सोरुम पोखरामा सुरु गरेको हो । यातायात व्यबस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजाल, सिजि मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले शुक्रबार संयुक्त रुपमा उक्त सोरुमको उद्घाटन गर्नु भएको छ । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि सर्भिस स्टेशन पनि सन्चालनमा आएको कम्पनीले… पुरा पढौ

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेश पौडी संघको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख २९ गते शनिबार फेवातालमा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ ५०० मिटर एर्व पर्यटक तर्फ (स्विम फर फन) समावेश गरिएको संघ गण्डकीका अध्यक्ष आनन्द कुंवरले जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही नगद रु १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल… पुरा पढौ

सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गर्नुभएको हो । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको… पुरा पढौ

कालिका माविलाई छात्रा क्रिकेटको उपाधी

कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधी रक्षा गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना… पुरा पढौ

पोखरा १० का आमा समुहका पदाधिकारीलाई महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण

पोखरा महानगरपालिका वडा नम्बर १० भित्र रहेका आमा समुहका अध्यक्ष र सचिवहरुलाई लक्षित गरी दुईदिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा जेसिसको ब्यवस्थापनमा वडा भित्र रहेका ४० वटा आमा समुहका अध्यक्ष र सचिवहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आमा समुहमा आवद्ध दिदीबहिनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला शसक्तिकरण कार्यक्रमको आयोजना गरिएको वताए । तालिम अन्तर्गत बिहीबार आमा समुहका सचिवहरुलाई उद्घोषण तालिम र शुक्रबार कानुनी परामर्श र पञ्जीकरण सम्बन्धी… पुरा पढौ

पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउँछौ ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताउनुभएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै उहाँले चालु आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउने दावी गर्नुभयो । ‘चालु आर्थिक वर्ष नीति कार्यक्रममा जे थियो बजेटमा त्यो छैन, बजेटमा जे पास भयो कार्यान्वयनमा त्यो छैन, त्यसले गर्दा हाम्रो बजेट पूर्ण रुपमा कार्यान्वयन हुने अवस्थामा देख्दिन’ उहाँले भन्नुभयो ।… पुरा पढौ

उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यहीं वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । ज्योत्सनिका मरासिनी (क्रिकेट) १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय… पुरा पढौ

रानाभाट÷भाट जातीलाई छुट्टै जातिमा सुचिकृत गरिने

रानाभाट तथा भाट जातीमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा सुचिकृत गर्ने कार्य अन्तिम अबस्थामा पुगेको छ । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा रानाभाट तथा भाट समाज नेपालका केन्द्रिय उपाध्यक्ष श्रीबहादुर रानाभाटले रानाभाट तथा भाट जाती सुचिकृतको अन्तिम अबस्थामा पुगेको छ । समाजको १० वर्ष देखिको मेहनतको फल प्राप्त हुन लागेको उनले वताए । रानाभाट तथा भाट समुदायले सुचिकृत नहुँदा ब्राह्मण र क्षेत्री भित्र आफुलाई राख्दै आएका थिए । आफ्नो छुट्टै भेष… पुरा पढौ

आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन ब्यवशायीहरुको सहयोग

आगिलागीबाट पुर्ण रुपमा क्षति भएकोपोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ । संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलीले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो । सो अवसरमा वोल्दै नेपाल राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले ब्यवशायीहरु एक अर्कालाई परेको दुखमा साथ दिन तयार रहेको… पुरा पढौ