अर्थतन्त्र

पार्टी भित्र कुनै गुट छैन, गुटको कुरा गर्नेको विरोध गर्नुपर्छ इन्चार्ज किरण गुरुङ

पोखरा २० साउन, नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दावी गर्नुभएको छ । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो ।… पुरा पढौ

जिल्ला समन्वयलाई प्रभाबकारी बनाउन जरुरी शिक्षा मन्त्री भट्टराई

साउन २० , पोखरा, जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। मन्त्री भट्टराईले जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशिल रहने भन्दै नितिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो। बिकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आबश्यक भएको भन्दै आबश्यक ऎन ,कानुन , नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने उल्लेख गर्नुभयो। उहाँले शिक्षा क्षेत्रका दसकौ… पुरा पढौ

गण्डकी बक्सिङको अध्यक्षमा मर्सानी

पोखरा २०, साउन गण्डकी प्रदेश बक्सिङ संघको प्रथम अधिवेशनले अध्यक्षमा विद्या प्रसाद मर्सानी चयन गरेको छ । पोखरामा आइतबार सम्पन्न प्रथम अधिवेशनले उनी संगै १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आगामी चार वर्षका लागि निर्वाचित अन्य पदाधिकारी प्रथम उपाध्यक्षमा नरेश भट्टराई ९कास्की०, द्वितिय उपाध्यक्षमा सनी केसी ९बाग्लुङ०, महासचिवमा खगेन्द्र क्षेत्री ९पर्वत०, सचिबमा भरत पराजुली ९कास्की० र कोषाध्यक्षमा सुमन श्रेष्ठ ९कास्की० रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा सविन गुरुङ ९लम्जुङ०, पहल शाही ९तनहुँ०, दल बहादुर राना ९नवलपुर०, राजेन्द्र रोका… पुरा पढौ

कास्की काँग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री

पोखरा, २० साउन नेपाली काँग्रेस कास्कीले राष्ट्रपति सहित संघीय सरकारका नौ जना मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ ।कास्की काँग्रेसले राष्ट्रपति सहित मन्त्रीहरुसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ष्ट्रिय विमानस्थल सहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो मंहगी बारेमा मन्त्रीहरुको ध्यानार्षण गराएको थियो । ‘मन्त्रीहरुसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकता बारे सरकारको ध्यानाकर्षण पनि गरायौं,… पुरा पढौ

पोखराको हिल प्वाइन्टमा अध्ययन गरेका ललित कला (फाइन आर्ट) का सबै बिद्यार्थीको रोजगारको ग्यारेन्टि

दीननाथ बराल,पोखरा २०, साउन, नेपालमा सिपमुलक र व्यवसायिक शिक्षा नहुँदा स्नातकोत्तर अध्ययन गरेर पनि बेरोजगार हुने समस्या बढेका वेला पोखराको हिल प्वाइन्ट स्कुलमा भने ललित कला(फाइन आर्ट) कोर्ष अध्ययन गरेका बिद्यार्थीले रोजगारको कुनै चिन्त्ता लिनु पदैन् । प्लस टु मा उक्त कोर्ष पूरा गर्ने बिद्यार्थीहरुले रोजगारको अवसर प्राप्त गरेको बिद्यालयका प्रिन्सिपल दीवाकर जैलीले बताउनु भयो । २०७३ साल देखि पोखरामा धेरै सम्भावना देखेर उक्त कोर्ष सुरु गरेसंगै बिद्यालयमा अध्ययन गरेका अधिकांश बिद्यार्थीहरु स्वरोजगार देखि रोजगारको अवसर प्राप्त गरेको उहाँले दाबी… पुरा पढौ

जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सवः६ जना शिक्षासेवी सम्मानित, २ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, १९ साउन , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा। जोर्ज जोन र डा। एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि… पुरा पढौ

श्रीमदवीतक चर्चामा भक्तजनको भीड

श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गएको छ । गत श्रावण १० गते देखि पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रजचनको १० औ दिन शनिवार सम्म आइपुुग्दा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गइरहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार प्रवचनमा भक्तजनहरुको भीड वढेसंगै सहयोग रकम र प्रसादका लागि समेत सहयोग आउने क्रम जारी रहेको… पुरा पढौ

मज्र्याङ्गकोटका गुरुङ्ग परिवालाई तमु समाज सलालाह ओमानको सहयोग

एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । बैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक लाख २४ हजार तीन सय साठी रुपैयाँ तमु समाज सलालाहको सक्रियतामा प्रदान गरिएको हो । विगत ८ बर्ष अघिदेखि प्यारालाईसिसबाट पिडीत रहेकी ७७ बर्षीया तुलसी गुरुङ्ग दुई बर्ष अघिबाट छोरा चन्द्रबहादुर गुरुङ्गको समेत दुवै मृगौला फेल भएपछि चरम आर्थिक समस्यामा पर्नुभएको थियो । आमा र… पुरा पढौ

गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउन निवर्तमान मुख्यमन्त्री अधिकारीको आग्रह

पोखरा १९ साउन, नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ुगण्डकी दर्पणुको विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको सङ्केत थियो ।… पुरा पढौ

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

पोखरा, १९ साउन ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुुभयो । ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई… पुरा पढौ