अर्थतन्त्र

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा, २ असोज, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो । रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए । उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं… पुरा पढौ

सामुदायिक वन समृद्धिको आधार–मन्त्री वस्याल

गण्डकी, २ असोज, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा आज पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका बिषयक कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई उपयोग गर्ने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले वनलाई पर्यापर्यटनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो । सम्भाव्यता अध्ययनका… पुरा पढौ

विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

पोखरा १, असोज, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र… पुरा पढौ

स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

्पोखरा, १ असोज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । विशेष कामका लागि पोखरामा आउनु भएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिनुभएको थियो । मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गर्नुभएको थियो । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गर्नुभयो । संघले सुरक्षित… पुरा पढौ

युआरएलको पुरस्कार र अवार्डका लागि छनोट समिति गठन

पोखरा, १ असोज, युआरएल फाउन्डेसनद्वारा सञ्चालित राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । फाउन्डेसनको बैठकले पत्रकारिता पुरस्कारका लागि प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि वरिष्ठ जनरल सर्जन प्राडा अर्जुन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।… पुरा पढौ

स्वास्थ्य बिमा ५ लाख नै पुर्याउनु पर्छः मन्त्री पौडेल, पोखराबाट क्यान्सरको उपचार हुने

दीननाथ बराल, पोखरा १, असोज, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि ५ लाख पुर्याउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखसम्म कायम भएको स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउनु पर्ने बताउनु भएको हो । एक लाखको बिमा प्रभावकारी नभएका वेला ५ लाखको कुरा गर्छ भनेले आफुलाई हाल केही समुहले उडाउने गरेको मन्त्री पौडेलले सुनाउनु भयो । व्यबस्थापन गरेमा सम्भव हुने दाबी गर्दै मन्त्री पौडेलले सरकारी तथा… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना, उद्योगपति एवं पूर्व मन्त्री हरि पाण्डेद्धारा पाँच लाख अक्षयकोष स्थापना

पोखरा, भदौ ३१. नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा। शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ । यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।… पुरा पढौ

व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

पोखरा, भदौ ३१, विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल,… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघद्धारा राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

दीननाथ बराल,पोखरा, ३१ भदौ, गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो । नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ… पुरा पढौ

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा भण्डारीले मुख्यमन्त्री कार्यालयमा सपथ ग्रहण गर्दा बाहिर बिरोध

दीननाथ बराल, पोखरा ३१, भदौ, गण्डकी प्रदेशको प्रेस रजिस्टारमा हालै नियुक्त हुनु भएको बिमला भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सपथ ग्रहण लिई रहदा त्यसको मुल गेट अगाडी बिषेधित क्षेत्रमा बाहिर बिरोध प्रर्दशन भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई आज एक समारोहका बिच सपथ ग्रहण गराउदै गर्दा पोखराका केही क्रियाशिल युवा पत्रकारको समुहले बिरोध गर्दै कास्कीबाट सिफारिस भएका सबै पत्रकारले नयाँ सदस्यता पाउनु पर्ने माग गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रदेशको आम संचारको पक्षमा… पुरा पढौ