अर्थतन्त्र

शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङ शिल्ड फुटबलको उपाधि

पोखरा ३, पुष, गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै… पुरा पढौ

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा ३, पुष, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकार र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । “पर्यटन व्यवसायीले कति कमाउँछ भन्नेमा चासो जति छ,त्यति… पुरा पढौ

घलेलमा २६ औं ल्होछार उत्सव हुँदैं, भलिबल प्रतियोगिताको उपाधि राशी ६५ हजार, घोडा दौड तर्फ ४० हजार

पोखरा, ३ पौष, तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई… पुरा पढौ

रास्वपा सभापति लामिछानेलाई फेरी पनि ४ दिन म्याद थप

पोखरा २, पुष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले पुनः अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको जिल्ला अदालतले जनाएको छ। लामिछानेलाई अदालतबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक… पुरा पढौ

गण्डकी बोर्डिङमा वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

पोखरा, २ पुस, गण्डकी बोर्डिङ स्कुल, लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला सुरु हुँदैछ । विद्यालय परिसरमा ३ दिनसम्म चल्ने कार्यक्रममा पहिलो २ दिन विभिन्न इभेन्ट्समा खेलकुद क्रियाकलाप हुनेछन् । अन्तिम दिन शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला हुने विद्यालयका मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिए । बुधबार बिहान साढे १० बजे सुरु हुने खेलकुदमा कक्षा ४ देखि १२ विद्यार्थीले भाग लिने छन् । उद्घाटन अवसरमा विद्यार्थीले मार्चपास गर्ने छन् । यसैगरी, विभिन्न दूरीमा… पुरा पढौ

पुष १३ देखि पोखरामा संचालन हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा ३ देशका २० टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २, पुष, पोखरामा यहीे पुष १३ देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ । यहीे पुष १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चिन र श्रीलङकाका खेलाडीहरु सहभागि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल, चाइना र सिंङगापुरको एक टोली सहित २० टोलीको सहभागि हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज… पुरा पढौ

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा

पोखरा २, पुष, प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा भेला हुनु भएको छ । पोखरामा आज (मंगलबार) देखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागि हुन प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा भेला हुनु भएको हो । बुधबारसम्म चल्ने सम्मेलनले पोखरा घोषणा पत्र समेत मंगलबार जारी गर्ने भएको छ । उक्त सम्मेलनको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।… पुरा पढौ

भरतपुर महानगरको ७ नम्बर वडा कार्यालय भवनको शिलान्यास

चितवन, पुस २, भरतपुर महानगरपालिका वडा नम्बर को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌ मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन… पुरा पढौ

नारिशक्ति जागरण आमा समुहमा लम्साल

गण्डकी,२ पुस, नारिशक्ति आमा समुह पोखरा १७ को पाँच साधारण सभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राधादेवी लम्सालको अध्यक्षक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा पूर्णकला बास्तोला पोखरेल, सचिव सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्ष मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी निर्वाचित हुनु भयो । त्यसै गरि समुहको सदस्यहरुमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार,डिममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सिता पौडेल क्षेत्री, सरास्वती सुवेदी, गिता विक… पुरा पढौ

लेखनाथ महोत्सवको ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ, १ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औं संस्करणको लेखनाथ महोत्सवका लागी हाल सम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये सोमबार सम्म दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गते बाटस्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी… पुरा पढौ