पोखरा १, पुष, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुद महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै प्रिन्सिपल बिकल पौडेलले पढाइसगै खेलकुदको माध्यमले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने धारणा राखे । विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्का, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने,सञ्चालक रामप्रसाद अधिकारी,हेमा पुन,शिक्षक रामभक्त…
पुरा पढौ