अर्थतन्त्र

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ गते हुने

पोखरा,१७ पुष, प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ ।प्रेस सेन्टर कास्कीको आज बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारी समेत तय गरेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ । त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ । कास्कीको अधिवेशन… पुरा पढौ

अगेंजी नयाँ बर्षलाई पोखरामा भव्य स्वागत

दीननाथ बराल,पोखरा १७, पुष, पर्यटनको राजधानि पोखरामा अग्रेंजी नयाँ बर्ष सन २०२५ लाई आतिसबाजि सहित भव्य स्वागत गरिएको छ । पोखरामा संचालन भएको पोखरा सडक महोत्सवको अवसरमा मंगबलार राति १२ः०० बजे पोखरामा आतिसबाजी सहित भव्य स्वागत गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । पोखरामा जारी २६ औं संस्करणको सडक महोत्सवको अवसरमा महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षण सहित नयाँ अग्रेंजी बर्ष २०२५ को स्वागतार्थ आतिसबाजी गरिएको उहाँले जनाउनु भयो । अघिल्ला बर्ष झै यस बर्ष पनि विधि… पुरा पढौ

सामुदायिक वन उद्योग दर्ताको अभावमा वन बढेलो बड्यो

गण्डकी, १७ पुस, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित वन उद्यम, विकास पर्यापर्यटन विषय अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक बर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताउँनुभयो । “हिँउदको मौसममा वन क्षेत्र सुक्का हुने र पात पतिङगरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो” उहाँले भन्नुभयो,“… पुरा पढौ

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पोखरा, १७ पुस, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् । निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

पोखरा, १७पुस, कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुकोसुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।… पुरा पढौ

सडक महोत्सवको अवसरमा आयोजित रस्सा कसि प्रतियोगितामा गौरी घाट र ओटेफ विजेता (भिडियो सहित)

पोखरा १६, पुष, रस्साकसि प्रतियोगितामा गौरीघाटको समुह यसपाली पनि प्रथम भएको छ । रेवान पाखराले पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा गौरीघाट बीको समुह प्रथम भएको हो। https://www.youtube.com/watch?v=LYGGmdwn-yY गौरीघाट क्षेत्रको सडकमा मंगलबार भएको फाइनल खेलमा थ्रि सिक्स्टिनको समुहलाई पराजित गर्दै उपाधि सहित खसि उपहार प्राप्त गर्यो । प्रतियोगितामा डुंगा व्यवसायीको टोलीले शसस्त्र प्रहरीको टोलीलाई पराजित गर्दै तेश्रो भएको हो । उपविजेताले वोका र तेश्रो हुनेले दुई वटा भाले उपहार प्राप्त गरेको पूर्व अध्यक्ष सुर्यबहादुर भुजेलले बताउनु भयो । प्रतियोगितामा… पुरा पढौ

बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले विश्वका संचार माध्यममा उच्च स्थान प्राप्त पर्यो(भिडियो सहित)

दीननाथ बराल,पोखरा १६, पुष, पोखरामा जारी बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले विश्वका धेरै मुलुकमा प्रथामिकता पाएको छ । पोखरामा पहिलो पटक आयोजना भएको बेलुन महोत्सवको बारेमा अमेरीका, अष्टेलिया, ब्राजिल, फ्रान्स, वेलायत लगायका देशहरुमा नेपालको बारेमा यस्तो समाचार पहिलो पृष्ठमा छापिनु नेपालको र बेलुन खेलको विश्वमा व्यापक चर्चा परिचर्चा भएको आयोजक बेलुन नेपालका अध्यक्ष बिक्रम पावेले बताउनु भयो । https://www.youtube.com/watch?v=R2l4uEG75QM उक्त महोत्सवमा सोमबार देखि महोत्सवमा दर्शकको अत्याधिक भिड भएको महोत्सव आयोजक बेलुन नेपालले जनाएको छ । उक्त महोत्सवमा जानको लागि पोखरा लेकसाइडको… पुरा पढौ

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

पोखरा, पुस १६, नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भत्र्सनासमेत गरेको छ । सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा… पुरा पढौ

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

पोखरा १६, पुष, दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो । कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा माओवादी केन्द्रले बुझायो ज्ञापनपत्र

पोखरा,१६ पुस, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० माछापुच्छ्रे गाउँपालिका समितिले माछापुच्छ्रे गाउँपालिकामा भएका विभिन्न चासोका विषयहरूमा आज गाउँपालिकालाई ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ । माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र सचिव रामचन्द्र पौडेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष मीनबहादुुर गुरुङलाई कार्यकक्षमा भेट गरी सो ज्ञापनपत्र बुझाएको हो । माओवादी केन्द्रले पालिकाको आधारभूत पूर्वाधारहरु सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधार गर्न माग गरेको छ । यसैगरी बाँदर नियन्त्रणको लागि विशेष कार्यक्रम ल्याउन माग गरिएको… पुरा पढौ