अर्थतन्त्र

पोखरा १३ मा शनिबार साहित्य पर्व हुने

पोखरा १४, पुष, पोखरामा विभिन्न स्थानमा मेला र महोत्सव भएको सन्र्दभमा पोखरा १३ मा भने साहित्य पर्व हुने भएको छ । पोखरा १३ को वडालाई कला, संस्कृति, सहित्य तर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्य सहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए । समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व, विद्यार्थी, साहित्य अनुरागी सहित सम्पूर्ण वडाबासीलाई लक्षित गर्दै यही पुस २० गते… पुरा पढौ

पोखरामा ड्रागन वोर्ट फेष्टिभलको रौनक सुरु (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, पुष, पर्यटनको राजधानि पोखरामा आइतबार देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ को रौनक सुरु भएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको ड्रागन बोट रेसमा नेपाल सहित ३ देशका २० टिमको सहभागिता रहेको पोखराका मेयर धनराज आचार्यले बताए । https://www.youtube.com/watch?v=e1qCGigIrpA पोखराको फेवातालमा हाल २ सय र ५ सय मिटर तर्फको प्रतिष्प्रर्धा सुरु भएको छ । उक्त रेस प्रतियोगितामा नेपालबाट ११ सहित सिंगापुरको एक र चिनका ८ टिमको सहभागिता हुने रहेको छ । नेपाल र चीन बीचको… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस सलोनी र सुनिरा उपाधि नजिक

पोखरा १४, पुष, पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमीफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन् । सलोनीले प्रकृती श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३, ६–३ ले सेमीफाइनलमा पराजित गर्दै उपाधि यात्रा नजिक पुगे । यस्तै मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयूष्मान हजुर घलेलाई ६–४,… पुरा पढौ

होटल पौवामा नयाँ वर्ष साँझ हुँदै

पोखरा, १४ पुस , पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको पदस्थापन

पोखरा, १४ पुस, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आइतबार पोखरामा शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । गत २८ मंसिरमा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले शपथ ग्रहण गराए । आगामी ३ वर्षका लागि नवनिर्वाचित उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष ९महिला० मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव ९समावेशी०… पुरा पढौ

पोखरा सडक महोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

१४ पुष, पोखरा, रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन । आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो र चिल्ली बारका अविश्यक सेन तेसो भए भने वेट्रेस रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सिमा मल्ल प्रथम , मोनिका नेपाली दोस्रो र प्याराडिस्कोका पुजा रसाइली तेस्रो भइन । वेटर वेट्रेस तर्फका प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु… पुरा पढौ

दाताको सहयोगमा माछापुच्छ«ेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण

पोखरा,१४ पुस, कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ ।स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो । सेवा केन्द्रका… पुरा पढौ

बाजेको सेकुवामा रिभाइभलको लाइभ कन्सर्ट

१४ पौष, पोखरा, पोखरा स्थित नेपालको चेन रेष्टुरेण्ट बाजेको सेकुवा रेष्टुरेण्टमा रिभाइभल ब्याण्डको लाइभ कन्र्सट हुने भएको छ । अंग्रेजी नयाँ बर्ष सन् २०२५ को पुर्व सन्ध्या डिसेम्बर ३१ तारिख अर्थात पौष १६ गते कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा पोखराको रिभाइभल व्याण्डले ३ घण्टा सांगितिक प्रस्तुती दिनेछन् । अतिथी गायकका रुपमा भुमी ढुंगानाको प्रस्तुती रहनेछ । रेष्टुराले हरेक बर्ष पर्व विशेषमा लाइभ कार्यक्रमहरु गर्दै आइरहेको छ । नयाँ बर्षमा रेष्टुराले आफ्ना ग्राहकहरुसंग खुसी एवम शुभकामना साट्नका लागि कार्यक्रम आयोजना… पुरा पढौ

सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन, सेवा प्रवाह चुस्तदुरुस्त बनाई मन्त्री थापाको निर्देशन

पोखरा १४, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा… पुरा पढौ

जुनियर एकल तर्फको उपाधी सूर्यक्ष र पारुललाई

पोखरा १४, पुष, काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधी पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिला तर्फ पारुल चौधरीले हात पारेका छन् । भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै महिला तर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएकी हुन् । पुरुष तर्फ साई प्रसाद तिगला र बिश्वजित चौधरी तथा महिला तर्फ ईशिता नेगी… पुरा पढौ