अर्थतन्त्र

सरकारले छाडापन नियमन गर्न खोजेको हो ः सञ्चारमन्त्री गुरूङ

पोखरा सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा विधेयक पेस गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको बताएका छन् । बिहीबारबाट पोखरामा सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘सञ्चार संवाद’ मा उनले असभ्यतिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टिकरण दिए । उनले… पुरा पढौ

मानिस एक्लो हुँदा मायाका खाँचो हुन्छ, साथ दिनुपर्छ

मनीषा कोइराला मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो । तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो… पुरा पढौ

तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी

हेमजा, १५ फागुन माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवार देखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रे«लाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा एकै दिनमा २० लाख संकलन

दीननाथ बराल, पोखरा १४,फागुन, पोखरा २२(पुम्दी—भुम्दी) को पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति परिसरमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमाको आठौं दिन आज (बुधबार)२० लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ । महायज्ञको बुधबार २० लाख सहित हालसम्म महायज्ञबाटकरिब ६० लाख भन्दा बढी संकलन भएको पुम्दीकोट कोट विकास समितिले जनाएको छ । बुधबार महाशिवरात्रि पर्वको अवसरमा बिशाल महादेवको मुर्तिमा दर्शनगर्न जानेहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्तबरालले बताउनु भयो । बुधबार पोखरा सहित कास्की र कास्कीका छिमेकी… पुरा पढौ

आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ फागुन, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ ।विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताउनुभएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा पोखराको केदारेश्वर मन्दिरमा दर्शन (भिडियो सहित)

दीननाथ बराल, पोखरा १४, फागुन, पूर्व राजा ज्ञानेन्द्र शाह केही दिन देखि पोखरामा रहेकोले महाशिवरात्रि पर्वको अवसरमा बुधबार पोखराको केदारेश्वर महादेवमणि (मन्दिर) मा दर्शन गर्नु भएको छ । पूर्व राजा शाह सहित उहाँको परिवारले उक्त मन्दिरमा बुधबार साँझ दर्शन गर्नु भएको राप्रपाका युवा नेता अरुण गिरीले पोखराक्लिकलाई बताउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=sjcT9pHZOtg पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजाबादीहरुले मन्दिरमा जयजयकार गर्दै फूलमालाले स्वागत गर्नु भएको थियो ।… पुरा पढौ

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

सराङकोट, १४ फागुन, सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो। यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो । आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५… पुरा पढौ

शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनको सम्मानजि एण्ड के एजुकेशनद्धारा ५ जना शैक्षिक अगुवा सम्मानीत

१४ फागुन, पोखरा, जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका ५ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा नोभेल एकेडेमी पोखराका सिइयो विशेश्वर आचार्य, पश्चिमाञ्चल क्याम्पसका संयोजक देव बहादुर क्षेत्री, प्रतिभा मन्टेश्वरीकी प्रिन्सिपल पद्या पौडेल पराजुली, सनफ्लावर बोडिङ स्कुलका संचालक दिवस शाह र आईईएलटीएस काउन्सिलर दिपक आचार्य रहेका छन्… पुरा पढौ

एक्यापको कारण जन अपेक्षा पुरा गर्न सकिएन–अध्यक्ष गुरुङ

गण्डकी,१४ फागुन, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जन अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुछ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन गर्दै उहाँले स्थानीय श्रोत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रयोग गर्दा स्थानीय तह श्रोतबाट बन्चित भएको बताउनुभयो । आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत परिचालन गर्ने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ उहाँले भन्नुभयो, सवै श्रोतसाधन एक्यापले नै प्रयोग गर्दा यस क्षेत्रका अन्तर्गतका १६ वटा… पुरा पढौ

पोखरा २६ को सिलिङ्गेमा महाशिवरात्री मेला

पोखरा÷फागुन १४, यसैबिच, पोखरा महानगरपालिकाको वडा नंं २६ को सिलिङ्गेमा १५ औं सिलिङ्गे महाशिवरात्री मेला बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । महाशिवरात्री मेलाको उद्घाटन गर्दै पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सिलिङ्गे स्थित जटाशंकर धार्मिक क्षेत्रको विकासका लागि बृहत गुरुयोजना तयार गरेर अगाडी बढेको बताउनु भयो । वडाध्यक्ष थापाले गुरुयोजना अनुसारका कामहरुलाई आंशिक रुपमा पुरा गरिदै लगिएको उल्लेख गर्दै यस बर्ष एक करोडको लागतमा शिवलिङ्ग निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनु भयो । यस बर्ष ५० लाख रुपैया… पुरा पढौ