विचार/ब्लग

अल्पायूको ‘न घाम न जून’ वर्तमानको चित्र

पिता कृष्णचन्द्र र माता अन्नपूर्ण पौडेलको कोखबाट २०१८ सालमा पोखरा–३२ तल्लो गगनडौँडामा जन्मेका धर्मराज पौडेल नेपाली वाङ्मयका क्षेत्रमा अल्पायूका नामले परिचित छन् । कविता र मुक्तक लेखनमा क्रियाशील अल्पायूको साहित्यप्रतिको रुझान भने विद्यालय तहदेखि नै रहेको पाइन्छ । पोखराका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा संलग्न अल्पायू २०७१ सालदेखि संगम टोल विकास संस्थाको अध्यक्ष रहेर आफ्नो टोल छिमेकको विकासमा मात्र लागेका छैनन् । उनी गीताञ्जली साहित्य परिवारको उपाध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठान र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको सहसचिवसमेत रहेका छन् । भानु… पुरा पढौ

लक्ष्मी सनराइजले गर्यो वृक्षारोपण, डस्टविन हस्तान्तरण

पोखरा, लक्ष्मी सनराइज बैंक पोखराले बाटुलेचौर स्थित विन्ध्यवासिनी माविको चण्डिका परिसरमा वृक्षारोपण गरेको छ।विश्व वातावरण दिवसको अवसर पारेर गरिएको कार्यक्रममा विभिन्न प्रजातिका १ सय ५० वटा फुल तथा विरूवा रोपिएको विद्यालयका अप्रेशन म्यानेजर नविन अधिकारीले जानकारी दिनुभयो। विद्यालय परिसरलाई वातावरण मैत्री र हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको कार्यक्रमको संयोजन गर्नुभएका बैङ्कका बगर शाखा प्रमुख विकास आचार्यले बताउनुभयो। यसअघि कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रदेश प्रमुख उज्वल वैद्यले वातावरण संरक्षण विना मानव विकास सम्भव नहुने बताउनु भयो । विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई होटल टास्क इनटरनेशनलको सहयोग

वैशाख २५, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन पोखराको अमरसिंहचोक नजिकै रहेको होटल टास्क इन्टरनेशनलले सहयोग गर्ने भएको छ । भोली वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न होटल टास्कले मञ्चको होटल पार्टनरको रुपमा सहयोग गर्ने जनाएको छ । होटल टास्कका सञ्चालक मिन गुरुङ र मञ्चका अध्यक्ष एमबि आस्था मगर, महासचिव परशुराम शर्मा, कोषाध्यक्ष विमल तिवारी, सदस्यद्वय प्रविन मगर र गिता रानालगाएतको टिमबिच समझदारी पत्र आदानप्रदान… पुरा पढौ

प्रभु बैंकद्वारा “एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी” स्थापना

पोखरा । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थापना गरिएको बैंकले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हबको उद्घाटन गरेका हुन् । ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’बाट गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता… पुरा पढौ

गण्डकी प्राविधिक शिक्षालय स्थापनाका लागि कोईका र गण्डकी प्रदेश बीच १ अर्ब २४ करोडको सम्झौता

दीननाथ बराल, पोखरा १९, पुष, कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय बीच “गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नू भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा उक्त कार्यक्रम भएको हो। https://www.youtube.com/watch?v=DGBDM-4bM9g कोरियाली सरकार मार्फत कोईकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर अर्थात करिब नेपाली १ अर्ब… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ

सत्ताले भुत्ते भएको पत्रकार महासंघ

देशमा आमुल परिवर्तन भइसकेको छ । आजको परिवर्तनका लागि धेरै नेपालीले रगतको खोेली बगाए । जनताले राम्ररी अनुभूत गर्न नपाए तापनि कागजमा आएको लोकतन्त्र आएको छ । त्यसलाई व्यवहारमा आउन दिन स्वस्थ र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । हिजो संसद् नभएका वेला पत्रकारले जनप्रतिनिधिको भूमिका निर्वाह गरेका हुन् । यसैले वास्तविक पत्रकार बन्नु भनेको जनताको प्रतिनिधि बन्नु हो । जसका लागि स्वतन्त्र पत्रकारिता अनिवार्य र आधारभूत आवश्यकता हो । नेपाली पत्रकारिताको अर्थतन्त्र राप र चापको बीचमा अड्केको छ ।… पुरा पढौ

लेखिएको मानवअधिकार, नदेखिएको व्यवहार

विश्व समुदायमा सगरमाथाको देश । गौतम बुद्धको देश । प्राकृतिक छटाले भरिपूर्ण मात्र हैन, थुपै्र सांस्कृतिक एवम् ऐतिहासिक धरोहरले सजिएको देश । तर मानवरुपी दानव व्यवहारधारीको बास भएको ठाउँमा प्रकृतिले सौन्दर्य खन्याई दिएर मात्र हुँदोरहेन्छ । बुद्धुहरुको हालिमुहालीमा बुद्ध जन्मेर मात्र हुँदोरहेछ । त्यसैले आज सबै उपमाहरु अँध्यारोमा रुमालिएका छन् । सबैले देख्ने गरी लेखिएको मानवअधिकारमा नदेखिएको व्यवहारका साक्षी बस्न बाध्य भएका छन् । राज्य मानवअधिकार उल्लङ्घनमा सिपालु भएको छ । सोही प्रवृत्ति रुचाउने देशका नागरिक हामी व्यवहारमा होइन, देखाउन… पुरा पढौ

अक्षरको आगो ओकल्ने चन्द्र

पृष्ठभूमिचन्द्र, पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह, जसलाई नवग्रहमध्ये रानी मानिन्छ । काल पुरुषको मन र शिवजीले आफ्नो जटामा स्थान दिइएकाले सोम पनि भनिन्छ । यहाँको सन्दर्भ ज्योतिष एवम् विज्ञानसँग जोडिएर आउने चन्द्र ग्रहको नभएर चन्द्रसँग जोडिएको नाम भएकी चन्द्रावती अधिकारी वाग्लेको हो । केही वर्ष अगाडि उनको तीजेगीतका सन्दर्भमा चन्द्रावतीलाई लोक संस्कृति संरक्षणको उदाउँदो चन्द्रका रूपमा पाएको थिएँ । आज उनैको 'अक्षरको आगो’ मुक्तक कृति हेर्ने सौभाग्य जु¥यो, जहाँ चन्द्रावतीले अक्षरका माध्यमबाट वर्तमान यथार्थको आगो ओकलेकी छन् । स्रष्टा सन्दर्भपिता मित्रलाल… पुरा पढौ

आज देशभर बालाचतुर्दशी पर्व मनाईयो

पोखरा १५, मंसिर, आज बालाचतुर्दशी पर्व देशै भरी धुमधामका साथ मनाइएको छ। पन्चासे, आर्वाजियको महाप्रमुधाम, पाखरा भलामको हरिहर गुफा, घार्मी, केदारेश्वर महादेवमणि लगायतका तिर्थ स्थलहरुमा सदविज छरेर धुमधामका साथ बालाचतुर्दशी पर्व मनाइएको हो । यसैबिच, पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। बिभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको… पुरा पढौ