लक्ष्मी सनराइजले गर्यो वृक्षारोपण, डस्टविन हस्तान्तरण

-


     पोखरा क्लिक     
     जेठ २२ गते २०८२ मा प्रकाशित


पोखरा,

लक्ष्मी सनराइज बैंक पोखराले बाटुलेचौर स्थित विन्ध्यवासिनी माविको चण्डिका परिसरमा वृक्षारोपण गरेको छ।विश्व वातावरण दिवसको अवसर पारेर गरिएको कार्यक्रममा विभिन्न प्रजातिका १ सय ५० वटा फुल तथा विरूवा रोपिएको विद्यालयका अप्रेशन म्यानेजर नविन अधिकारीले जानकारी दिनुभयो।

विद्यालय परिसरलाई वातावरण मैत्री र हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको कार्यक्रमको संयोजन गर्नुभएका बैङ्कका बगर शाखा प्रमुख विकास आचार्यले बताउनुभयो। यसअघि कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रदेश प्रमुख उज्वल वैद्यले वातावरण संरक्षण विना मानव विकास सम्भव नहुने बताउनु भयो ।

विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वातावरणीय समस्यालाई न्युनिकरण गर्न वृक्षारोपण महत्वपूर्ण कार्य भएको बताउनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापा, सदस्य महेन्द्र खड्का,मेहरमान नेपाली,विमला अधिकारी, शिक्षक महेन्द्र प्रसाद पौडेल,बैङ्कका रिजनल अपरेटिङ अफिसर राजु भण्डारी , विभिन्न शाखाका प्रमुखहरु विकास आचार्य, सुनिता राणा, देवराज पोखरेल, प्रवेश घिमिरे,संजय भण्डारी, सुर्य रानाभाट, सुमित्रा पौडेल,अविन गुरुङ लगायतकाले वातावरण संरक्षणको क्षेत्रमा बैंकले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेको बताए ।

सोही अवसरमा बैंकले विन्ध्यवासिनी माविलाई २ थान ह्वील फाइबर डस्टविन प्रदान गर्यो। सो डस्टविन प्रदेश प्रमुख उज्वल वैद्यले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापालाई हस्तान्तरण गर्नुभयो। लक्ष्मी सनराइज बैंकमा कार्यरत कर्मचारीको संस्थाले यस अघि पर्यटकीय क्षेत्र महेन्द्र गुफामा वृक्षारोपण गरेको थियो।