
लेखनाथ,।
गण्डकी प्रदेशकाउद्योग तथापर्यटनमन्त्री यशोदा रिमालले उद्यमीव्यवसायीहरू केवल करदातामात्रनभई राष्ट्र निर्माणको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउँदै प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्। शनिबार लेखनाथउद्योग वाणिज्य संघको ३०औं स्थापनादिवस तथा २९औं वार्षिकोत्सवकार्यक्रमलाईसम्बोधनगर्दै उनले यस्तो वताएकीहुन ।
मन्त्री रिमाललेउद्योग, व्यापार र उद्यमशीलताविनाकुनै पनि राष्ट्रको आर्थिक समृद्धिको परिकल्पनागर्न नसकिने बताईन ।“उद्योग र व्यापारको विकासविनाप्रदेशको विकासको परिकल्पनागर्न सकिँदैन,“उनले भनिन्, “त्यसकारण सरकार निजी क्षेत्रलाई जहिले पनि सम्मानगर्दैसमस्या समाधानतर्फ उन्मुख रहन्छ।“ कार्यक्रममामन्त्री रिमालले सरकारले निजी क्षेत्रका कुरा पर्याप्त रूपमा सुन्ननसकेको यथार्थ खुलेर स्वीकार गरिन्। नीतिनिर्माणमा निजी क्षेत्रलाई चाहिने सहजतादिननसकिएको, नवीकरण प्रक्रियामा समस्या रहेको र भर्खरै वातावरण
ल्कसम्बन्धीविषयमापनिउद्यमीव्यवसायीको इच्छाविपरीत सरकारले निर्णय लिएको उनले स्वीकार गरिन्। यद्यपियस्ताविषयलाई निजी क्षेत्रसँग छलफल गरेरै र निजी क्षेत्रको चाहनाअनुसार अगाडि बढाइने प्रतिबद्धता उनले जनाइन्। लगानीको वातावरण तयार गर्ने दायित्व सरकारकै भएको उद्योगीव्यवसायीहरूको मागजायज रहेको बताउँदै मन्त्रीले भनिन्, “नीतिनिर्माण गर्दा उद्यमीव्यवसायी साथीहरूको हक र हितकानिम्तिउहाँहरूको लगानी सुरक्षितहुने खालको नीतिनिर्माण गर्नुपर्छ।“
छिट्टैउद्योग वाणिज्य नीतितयार गरिने
गण्डकी प्रदेशले चाँडै आफ्नो उद्योग वाणिज्य नीतितयार गर्ने प्रक्रियामा रहेको र यसकालागिनिजी क्षेत्रसँग बसेर छलफल गरिने मन्त्री रिमालले जानकारी दिइन्। कस्तो नीतिनिर्माण गर्दा उद्योग वाणिज्य संघ र निजी क्षेत्रलाई सहज हुन्छ भन्ने विषयमा छिट्टै भेलाबोलाइने उनले बताइन्।
मन्त्रीले डिजिटल प्रविधि र ई–कमर्सलाई संस्थागत रूपमा प्रवद्र्धन गर्नुपर्ने, युवातथामहिलाउद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहनदिनुपर्ने, कृषि र पर्यटनबीच अन्तरसम्बन्ध स्थापित गरी स्थानीयउत्पादनको ब्रान्डिङ र बजारीकरणमा जोड दिनुपर्ने बताइन्। साथै हरित उद्योग, वातावरणमैत्रीउत्पादन र दिगो पर्यटन व्यवसायलाई प्राथमिकतादिनु आजको आवश्यकताभएको उनले औंल्याइन्।
पुँडिटार जग्गाविवादभदौभित्रै टुंगिनेलामो समयदेखि विवादित पुडिटार तथालोकाहाखोलाको जग्गाविवाद सम्बन्धमामन्त्री रिमालले डिपिआर र ईआईए सम्पन्नभइसकेको र बाँकीवातावरणीय मूल्यांकनप्रक्रियाभदौ महिनाभित्रै सक्ने बताइन्। “मजति बस्छु, मेरो कार्यकालभित्रै यो विषय टुंग्याउने प्रतिबद्धता व्यक्तगर्न चाहन्छु,“ उनले भनिन्। पोखरा पर्यटनको हबभएकाले कृषिमाआधारित उद्योग सिर्जना गरी पर्यटन मार्फत विदेशीपर्यटक भित्राउन सकिने र प्रदेशको सीमित बजेट तथाअधिकारकाबाबजुदप्रदेश सरकार यस क्षेत्रको विकासकालागिनिरन्तर लागिरहने प्रतिबद्धता मन्त्रीले रिमालले व्यक्तगरिन ।
कार्यक्रममा स्वागतगर्दै संघकी अध्यक्षजानुका पराजुलीअधिकारीले अहिलेको अवस्थामाबैंकहरूमाप्रशस्त तरलताभएपनिउद्योगीव्यवसायीले लगानीको सुरक्षा महसुस गर्न नसकेको गुनासो गरेकी छिन्। उनले लगानीको सुरक्षामा देखिएको खतराकाकारण थुप्रै व्यवसायीआफ्नो पसलबन्द गरेर वैदेशिक रोजगारीतर्फ जानबाध्यभएको अवस्थाऔंल्याइन्। “हाम्रो लगानीको सुरक्षाको खतरा भएकाकारणले गर्दा भइरहेकाव्यवसायीहरू आफ्नो सटर बन्द गरेर वैदेशिक रोजगारमागएर आफ्नाजीवनगुजारा गर्न बाध्य परिस्थितिभएको छ,“उनले भनिन्। भय रहितवातावरण भएमामात्रै उद्योगीव्यवसायी फस्टाउन सक्ने उनले बताइन्।
अध्यक्ष पराजुलीले औद्योगिक क्षेत्र स्थापनाको माग एक दशकपुगिसक्दापनि पूर्णतानपाएको विषयमा असन्तुष्टि व्यक्तगरिन्। उद्योगमन्त्रीको पहलमा यो विषय टुंगोमापुग्ने आशाव्यक्तगर्दै उनले लेखनाथबासी र उद्योगीव्यवसायीहरूको यहीचाहना रहेको बताइन्।
साथै उधारोमा फसेका सामान र चेक बाउन्समा परेका घटनाहरूको सत्यतथ्यमाआधारित छानबिन गरी दोषीलाई कारबाही र निर्दोषले न्यायपाउने वातावरण बनाइदिनउनले प्रमुखजिल्लाअधिकारीसँगआग्रहगरिन्।
संघले विगतमादुई दशकसम्म स्थानीय सरकार नहुँदा स्थानीय सरकारकै भूमिकानिर्वाह गर्दै आएको वताउँदै अब स्थानीय सरकार रहेको अवस्थामासंघले आफ्नागतिविधिउद्योगीव्यवसायीको हकहित संरक्षण र प्रवद्र्धनमा केन्द्रितगर्ने अध्यक्ष पराजुलीले जनाइन्।
संघले सीपतालिम, सेमिनार तथागोष्ठीमार्फत बेरोजगार युवायुवतीलाई उद्यमशीलता र रोजगारीतर्फ प्रेरित गर्दै आएको उनले बताइन्।“तपाईंहरूलाई के सीपको आवश्यकता छ, त्यो हामीआफ्नो हैसियतअनुसार उपलब्ध गराउँछौं। हाम्रो हैसियतभन्दामाथिको मागभएविभिन्ननिकायसँगलबिङ गरेर पूरा गर्न तयार छौं,“ उनले भनिन्, “तर इच्छाशक्ति भने तपाईंहरू आफैंले राख्नुपर्छ।“
कार्यक्रममानेपालउद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशकाअध्यक्ष नरेश कँडेलले संघीयताको मर्मअनुरूप सरकार र निजी क्षेत्रबीचथपप्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्। उनले व्यवसायीमैत्रीनीतिनिर्माण, लगानी प्रवद्र्धन र प्रशासनिक सहजीकरणलाई अहिलेको प्रमुखआवश्यकताका रूपमाऔंल्याए।
नेपालउद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षआनन्दराजमुल्मीले समयसँगै व्यवसाय सञ्चालनको शैलीमापनि परिवर्तन आइरहेको बताउँदै नयाँ पुस्ताले प्रविधिमैत्री सोचका साथउद्यमशीलतामा अघि बढ्नुपर्ने धारणा राखे। लेखनाथ क्षेत्र शिक्षा, संस्कृति, पर्यटन र आर्थिक विकासका दृष्टिले उच्च सम्भावनाबोकेको उल्लेख गर्दै उनले उपलब्धप्राकृतिकतथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै व्यावसायिकउपयोगमाजोड दिए।
कास्कीकाप्रमुखजिल्लाअधिकारी कुमानसिंह गुरुङले संघले तीनदशकयता पु¥याएको योगदानको प्रशंसा गर्दै व्यवसाय सञ्चालनमा देखिने समस्या समाधानकालागिप्रशासन सधैं सकारात्मक रहने प्रतिबद्धता जनाए। उपभोक्ताहित संरक्षण र व्यवसायमैत्रीवातावरण निर्माणमा सबै पक्षको साझाप्रयास जरुरी रहेको उनको भनाइथियो।
संघका संस्थापकअध्यक्षचन्द्रकृष्ण कर्मचार्यले ८० जना सदस्यबाट सुरु भएको संस्थाहालदुई हजारभन्दा बढी सदस्य संख्यामापुगेको जानकारी दिए। लेखनाथ क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधिविस्तार र सामाजिक क्षेत्रमा संघको योगदानउल्लेखनीय रहेको बताउँदै उनले कविशिरोमणि लेखनाथपौड्यालको जन्मस्थललाई साहित्यिकतथापर्यटकीय गन्तव्यका रूपमाविकास गर्न, ताल संरक्षणमा सरकारी लगानीथप्न र लेखनाथमहोत्सवलाई अझभव्यबनाउन सुझावदिए। कार्यक्रममा नेपालएदोग वाणिज्य महासंघका केन्द्रीय सदस्यएवं संघका पुर्वअध्यक्ष छत्रधर आत्रेय, संघका पूर्वअध्यक्षबाबुरामगिरी, लेखनाथखानेपानीउपभोक्ता संस्थाकाअध्यक्ष मुरारी शर्मासहितले संघको योगदान, निजी क्षेत्रको भूमिका र आगामी योजनाबारे धारणा राखेकाथिए।
कार्यक्रममा संस्थापकअध्यक्षचन्द्रकृष्ण कर्मचार्यको संरक्षकत्वमा स्थापित’चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार–२०८३’ यस वर्ष एपीवान टेलिभिजनका टिकारामयात्रीलाई प्रदानगर्ने घोषणा भएको छ। रु. १ लाख १हजार रकम रहेको यस पुरस्कारकालागि छनोट समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए। त्यसैगरी संघको लेखनाथआर्थिक पत्रकारिता पुरस्कार–२०८३ समाधान राष्ट्रिय दैनिककाप्रधान सम्पादक भरत कोइरालालाई प्रदानगरिएको छ। पूर्व कार्यसमिति सदस्यतथानमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछानेद्वारा स्थापित यस पुरस्कारको राशि रु. १५ हजार ८८ रहेको छ। यसअघि आदर्श समाजकाप्रधान सम्पादक कृष्णप्रसादवास्तोला र आर्थिक आवाजकाप्रधान सम्पादक सुरेन्द्र पौडेलले समेत यो सम्मानपाइसकेका छन्।
पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापितवातावरण संरक्षण पुरस्कार–२०८३ यस वर्ष पोखरा–२७ शिवटोल विकास संस्थालाई प्रदानगरिएको छ। रु. ११ हजार १ सय ११ रकम रहेको यो पुरस्कार उद्योग तथापर्यटनमन्त्री यशोदा रिजालले हस्तान्तरण गरेकीथिइन्।
स्थापनादिवसको अवसरमा संघले गत १६ र १७गते ब्याडमिन्टन प्रतियोगिता, १८ गते अन्तरसदस्यीयमहिला र पुरुष दौड प्रतियोगिता र १९ गते पोखरा–२७ सहेलेपाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथाबालआश्रममाखाद्यान्न सहयोग गरेको थियो । संस्थाकाअध्यक्षजानुका पराजुलीअधिकारीको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालन भरतराजओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्षगोपिचन्द्र बाँस्तोलाले गरेकाथिए ।






