म्याग्दीले जित्यो दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि

-


     पोखरा क्लिक     
     जेठ १८ गते २०८३ मा प्रकाशित


पोखरा १८, जेठ,

म्याग्दी जिल्लाले दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ८०–७३ अंकले पराजित गर्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा बिजेता टिम म्याग्दीले नगद रु ५० हजार तथा उपविजेता पर्वतले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि भएको पहिलो सेमिफाइनलमा पर्वतले तनहुँलाई ४९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनलमा म्याग्दीले कास्कीलाई ५८–३७ अंकले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा पर्वतका उत्तम पुन हाइएस्ट स्कोरर घोषित हुनु भयो म्याग्दीका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) बन्न सफल हुनुभयो ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले लगायतले नगद, ट्रफी तथा मेडल वितरण गर्नुभयो । कार्यक्रममा संघकी उपाध्यक्ष कौशल्या गुरुङ महासचिव विष्णु गुरुङ र प्रतियोगिताका संयोजक कृपास्वर गुरुङ लगायतले वोल्नु भएको थियो । प्रतियोगिताले गण्डकी प्रदेशमा बास्केटबल खेलको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको संघका अध्यक्ष धोज कुमार गुरूङले बताउनु भयो । लिग कम नक आउटका आधारमा भएको प्रतियोगितामा कास्की, तनहुँ, लमजुङ, पर्वत, म्याग्दी र स्याङजाको सहभागिता रहेको संघका कोषाध्यक्ष दिलिप गुरूङले बताउनु भयो ।