
दीननाथ बराल
पोखरा ४, जेठ,
पोखराको अमरसिंह चोकस्थित अमरसिंह नमुना माध्यमिक विद्यालयको जग्गामा ५१ जना व्यवसायीले संचालन गर्दै आएका व्यवसायीक स्टल सहितका टहराहरू आफैँ भत्काउन थालेका छन् । विद्यालयले नयाँ व्यावसायिक भवन निर्माण गर्ने निर्णय गरेसँगै पुराना टहराहरू हटाउन सूचना जारी गरेको थियो तर व्यवसायीहरुलाई अब बन्ने नयाँ भवनमा सटरहरु पहिलाकै व्यवसायीहरुले चाहेको खण्डमा दिने आश्वासन पाएसंगै व्यवसायीहरुले मार्ग प्रसस्त गर्न सटरका सामानहरु आफै हटाउन थालेका हुन् ।

विगत ३४ बर्षदेखि एक सटर भाडामा लियर मिठाई पसल संचालन गर्नु भएको गोपा गुप्ताले बिद्यालयले अब बन्ने नयाँ भवनमा आफुहरुले पुनः पसल संचालन गर्न पाउने आशमा हाल सामानहरु सारेर बुद्धचोक पसल सारेको बताउनु भयो । विन्दावासिनी स्विट हाउस विगत २०४९ सालदेखि संचालन गर्दै पछिल्लो समयमा मासिक ८ हजार भाडा तिर्नु भएको गुप्ताले उक्त क्षेत्रमा करिब १० लाख लगानीमा अस्थायी संरचना बनाएको बताउनु भयो । विद्यालयसँग भएको सहमतिअनुसार नयाँ व्यावसायिक भवन निर्माणपछि पुराना व्यवसायीलाई प्राथमिकता दिइने भएकाले हामीले टहराहरू आफैं भत्काउन थालेका हौँ ” उहाँले भन्न्नुभयो ।
अमरसिंह माविले सन् २०३६ देखि उक्त जग्गा भाडामा दिँदै आएको छ । २०३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा मध्य करिब ६ रोपनी जग्गाबाट विद्यालयले मासिक करिब २ लाख ३८ हजार रुपैयाँ आम्दानी गर्दै आएको प्रधानाध्यापक बलराम पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो “विद्यलायमा धेरै शिक्षकहरू आन्तरिक स्रोतबाट राखिएका छन, उहाँहरुलाई तलब जग्गाबाट उठेको रकमबाट दिइन्थ्यो । अब महानगरबाट शिक्षक तलब सुनिश्चित भएपछि टहरा हटाउने तयारी भइरहेको हो ।”
अहिले विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन्। सरकारी दरबन्दी अनुसार ३५ शिक्षक तथा कर्मचारी रहेका भए पनि आंशिक र पूर्णकालीन गरी करिब १३१ शिक्षक तथा कर्मचारीहरू यहाँ कार्यरत रहेको पोखरेलले बताउनु भयो । विद्यार्थी संख्याका आधारमा थप शिक्षक माग भए पनि सरकारले उपलब्ध गराउन नसकेको प्र.अ.पोखरेलले गुनासो गर्नुभयो ।
पोखरा महानगरका मेयर धनराज आचार्यले बिद्यालयले उक्त टहरा हटाउने अभियानमा सहयोग गरेको बिद्यालयले जनाएको छ । बिद्यालयले उक्त जग्गामा के बनाउने भन्ने बिषय हाल कुनै निर्णय नलिएको यदि कुनै व्यापारिक सटर सहितको भवन बनाएको खण्डमा हाल बसेका व्यवसयाीहरुलाई पहिलो प्रथामिकता दिने अन्यथा यस बिषयमा बिद्यालयले कुनै निर्णय नलिएको एक सुत्रिय माग भनेकै सटर तथा टहरा हटाउने हो हालसम्म अधिकांश स्वत स्फुर्त सौहार्द पूर्ण ढंगले हटाएकोमा बिद्यालयले उहाँहरुलाई धन्यवाद दिएको छ । प्रधानाध्यापक पोखरेलले भन्नुभयो, “हाम्रो लक्ष्य विद्यालयको सान्दर्यता वृद्धि गर्नु र आम्दानीलाई विद्यालयको विकासमा प्रयोग गर्नु हो, हाम्रो मासिक खर्च कर्मचारी तलक सहित गर्दा एक करोड हुन्छ । ”



