दीपक मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्ति

-


     पोखरा क्लिक     
     चैत्र ५ गते २०८० मा प्रकाशित



पोखरा ५, चैत

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीमा नियुक्ति हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उहाँलाई प्रदेशको महत्वपूर्र्ण मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा सम्हाल्ने गरी मन्त्री पदमा नियुक्ति गर्नुभएको हो ।

गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी)सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको उद्घोष सहित प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो ।

पुनः गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् पुनः गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको सपथ समेत भएको छ । यसअघि, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहनुभएको थियो । अल्पमतमा परेको सरकारले यही चैत २१ भित्र विश्वासको मत लिनुपर्ने रहन्छ ।