
पोखरा ,
पोखरा महानगरपालिका ३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिती र संघर्ष समिति समेत र्निमाण गरिएको छ । वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितीमा खुदीखोलामा रहेका सुकुम्वासीहरु संगको अन्र्तकृया पश्चात समीती समेत घोषणा गरिएको हो ।
कार्यक्रममा वडाअध्यक्ष अक्कल बहादुर कार्कीले कोही कसैले पनि बिना कारण र बिना बिकल्प बसिरहेको ठाउ छोडन नपर्ने स्पष्ट पार्नुभएको छ । कार्यक्रममा उहाँले हचुवाको भरमा डोजर लिएर बस्ती बस्ती चाहर्ने गरि स्थानिय सरकार नलाग्ने र ढुक्क भएर आफ्नो दैनिकी गरिराख्न पनि आग्रह गर्नुभयो । भुमिहिन दलित,भुमिहिन सुकुम्वासी तथा अब्यबस्थित बसोबासी सरोकार सहजीकरण समिती कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले सरकारको आगामी नितिका बारेमा प्रश्न गरेका थिए । दैनिक जसो सुनिने डोजर आतंकले मजदुरी गर्ने काम समेत गर्न मन नलागेको, रातमा निद्रा नलागेको बताएका थिए । सरकारले नागरीक त्रसित बनाउने कार्य गरेको भन्दै सहभागि सुुकुम्वासीहरुले घष्टीमा भोट हालेर ठुलो भुल गरेको बताएका थिए । कार्यक्रममा अखिल नेपाल सुुकुम्वासी संघका केन्द्रयि सचिव ओम बहादुर पौडेलले भुमिहिनहरु शहरका मौरीहरु हुन । मौरी भएन भने घारको पनि अर्थ हुदैन, तसर्थ शहर बनाउने रहर हुनेहरुले सुकुम्वासीका पुराना र थोत्रा लुगा मात्र नहेर्न आग्रह गर्नुभयो । यि थोत्रा अनुहारको मजदुरीका कारण शहरका मानिस सुकुीला र शहर र्निमाण भएको नबिर्सन धनाढ्यहरुलाई उहाँले आग्रह गर्नुभयो । हाम्रा बस्तीमा डोजर चले हामी संग पनि डोजर र मजदुर रहेको भन्दै जस्तालाई तस्तै गर्ने र अर्को जेन्जी आन्दोलन र्सिजना गर्ने उहाँको भनाई थियो । कार्यक्रममा संघर्ष समिति कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङ्गले यो सुरकारले सुरुमै सुकुम्वासीलाई दश्मन देख्नु गलत भएको बताउनु भयो ।
सुकुम्वासी र भुमिहिनहरुले शहर बिगारेको होईन भन्दै उहाँले शहर र्निमाणमा सुकुम्वासी तथा मजदुरहरुको भुमिका रहेको उहाँको भनाई थियो । संघर्ष समितिका सह संयोजक रमेश बयलकोटी, सहजिकरण समिती कास्कीको संयोजक अर्जुन मल्ल, सल्लाहकार राम बहादुर लामीछाने लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रममा नेपाली काग्रेसका ३२ नम्वर वडा सभापति कुल प्रसाद अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका वडा अध्यक्ष टेक प्रसाद अधिकारीले सुकुम्वासी आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा मिलन घलानको संयोजकत्वमा ९ सदस्यीए संघर्ष समिती र्निमाण गरिएको छ । समितिको सदस्यहरुमा बिकास सुनार, सक बहादुर गुरुङ्ग,भुपेन्द्र राना, हिरालाल श्रेष्ठ, देवी महतो, भक्त बहादुुर थापा, राजु गुरुङ्ग, सबिना नेपाली रहेका छन । यसैगरि सहजिकरण समितिमामा अर्जुन मल्ल संयोजक चयन भएका छन । सदस्यहरुमा रुपेन्द्र दर्जी, हरि बहादुर गुरुङ्ग,राजु परियार, केश बहादुर थापा, शुशिल तिलिजा पुन, चन्द्रमा घर्ति, सन्जय कार्की, राम बहादुर थापा रहेका छन । कार्यक्रममा बिकास बिरोधीको भिल्ला भिराएर सुकुम्वासी प्रति अमानविय हर्कत जारी राखे देशभर रहेका ५५ लाख सुकुम्वासी प्रतिकारमा उत्रने चेतावनी दिइएको थियो ।





