
दीननाथ बराल,
पोखरा, २९ मंसिर,
पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित रंक्तदान कार्यक्रमबाट ८० यूनिट रंक्त संकलन भएको छ । पोखरा सभागृहमा भएको रक्तदान कार्यक्रममा महानगरका कर्मचारी, नगर प्रहरी, स्वयंसेवी सहितका रक्तदाताले रक्तदान गनर््ु भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरत पौडेलले बताउनु भयो । रक्तदान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्वस्थ व्यक्तिले ९० दिनमा रक्तदान गर्न सकिने बताउन्ु भयो । रगत किन्न र उत्पादन गर्न पनि नसकिने भएकाले रगतको माग पुरा गर्नलाई सबैले सहयोग गर्न आचार्यले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडानम्बर ७ का अध्यक्ष राममोहन आचार्यले आफुले ५६ औँ पटक रक्तदान गर्न लागेकोमा खुसि व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडानम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका स्वास्थ्यकर्मी हरिलाल आचार्य लगायतले रक्तदानको बारेमा चर्चा गर्नु भएको थियो । २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई स्थापना दिवस मनाउने महानगरले निर्णय गरेको छ । स्थापना दिवस अन्तरगत महानगरले विविध कार्यक्रमको आयोजना गरेको छ । पुस २ गते प्रभात फेरी सहितको मुल समारोह आयोजना हुने भएको प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले बताउनु भयो ।
दिवसको अवसरमा पोखरेली नवरत्नका रुपमा ९ जनालाई नगद २ लाख सहित सम्मान गरिने भएको छ । महानगरपालिकामा कार्यरत कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीहरूलाई सम्मान गरिनेछ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा ९कक्षा ८० मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिनेछ । उमेरको ज्येष्ठताका आधारमा महानगर मातापिता ९ज्येष्ठ नागरिक० सम्मान गरिने भएको छ ।



