
अपाङगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा पोखरामा निकालिएको प्रभात फेरीमा अपाङगता भएका व्यक्तिहरु सडकमा प्रभातफेरीमा सहभागि हुदै ।

पोखराको जिरोकिलोमिटरबाट सुरु भएको र्याली सृजनाचोक, सभागृहचोक हुदै पोखरा सभागृह परिसरमा पुगेर समारोहमा परिणत भएको थियो ।
पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त कार्यक्रममा सम्बोधन गर्दै अपाङगता भएका व्यक्तिहरुले हकहितको लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउदै सरोकारवाला निकायले पनि यसमा बिषेश ध्यान दिन आग्रह गर्नुभयो ।




