निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

-


     पोखरा क्लिक     
     मंसिर १७ गते २०८२ मा प्रकाशित


पोखरा, १७ मंसिर,

पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीप्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो ।

फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।

निट डेण्टलको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त पुरस्कार मंगलबार घोषणासँगैपुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरिएको थियो । निट डेण्टलको तेस्रो वार्षिकोत्सव मंसिर २६ गते भएकाले पुरस्कार स्थापनासँगै प्रतिभा छनोट समिति गठन गरिएको फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए ।

यो पुरस्कार फोनिजमा मात्र सिमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्न सक्ने उपाध्यक्ष गुरुङले बताए । ‘नेपालभित्रजुनसुकै जिल्लामा रहेरपत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने, ‘डेण्टलको वार्षिकोत्सवको दिन हरेक वर्षकोमंसिर २६ गते एक जना पत्रकारलाईनगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिनेछ ।’