सहारा क्लब पोखराका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना

-


     पोखरा क्लिक     
     कार्तिक १७ गते २०८२ मा प्रकाशित


पोखरा बसपार्कको सहारा बाल आधारभूत विद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बहुचर्चित सहारा क्लब पोखराको २७औँ बार्षिक साधारण सभा एवं १४ औँ अधिवेशनबाट हालै नवनिर्वाचित टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयको स्थापनाकाल देखि हाल सम्म शैक्षिक क्षेत्रमा विभिन्न समयमा नजिकबाट रहेर उल्लेखनीय रुपमा सहयोग गर्दै आईरहेको यस संस्थालाई विद्यालयमा एक कार्यक्रमबिच प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९,का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र बिद्यालयका अध्यक्ष विक्रम थकालीले नवनिर्वाचित टिमलाई टिका माला पहिराई स्वागत र शुभकामना व्यक्त गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले स्वागत मन्तब्य राख्दै सबै नव निर्वाचित टिमलाई कामना व्यक्त गरेकी थिईन् । कार्यक्रम बिच निवर्तमान सहारा क्लब पोखराका अध्यक्ष तथा विद्यालयका पूर्व सल्लाहाकार केशवराज बराल लाई विद्यालयको तर्फबाट सम्मान स्वरुप उहाँको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान भएको थियो । यस सँगै जाईका संस्था बाट अन्‍ना चुसिमा नाम गरेको स्वयंमसेवक शिक्षकलाई समेत स्वागत गरीएको थियो ।

निर्वाचित सहारा कल्बका अध्यक्ष केशब बहादुर थापाले यो कार्यक्रमको आयोजनाले सहारा बिद्यालय र सहारा क्लब झनै नजिक रहने र आपसमा सहयोग तथा साझेदारी कायमै रहने प्रतिबद्दता व्यक्त गरे । वडाध्यक्ष मर्सानीलेले नव निर्वाचित टिमलाई बधाई तथा आगामी कार्याकालको शुभकामना व्यक्त गर्दै दुबै संस्थामा आफू जिम्मेवार रहेको र साथ सहयोग रहिरहनेकुराको विश्वास दिलाए । विद्यालयका अध्यक्ष विक्रम थकालीले नवनिवाचित टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्न पाउँदा खुशि प्रकट गर्दै विद्यालयको उन्नती र विकासमा सहारा क्लबले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताए ।

आगामी दिनमा पनि सहारा क्लब पोखराको सहयोग, सद्भाव, पाईरहेमा विद्यालयले आफ्नो उचाई लिनेकुराको विश्वास व्यक्त गरे । विद्यालयका शिक्षक सागर पौडेलले सञ्‍चालन गरेको कार्यक्रममा विद्यालयका समिति, सहारा क्लब परिवार, शिक्षक तथा विद्यार्थीहरुको गर्भिलो उपस्थिति रहेको थियो ।



This will close in 20 seconds