एन प्याव्सनको रजत जयन्ती,सरुभक्त र जर्ज जोन शिक्षा सेवाबाट सम्मानित

-


     पोखरा क्लिक     
     पौष २७ गते २०८० मा प्रकाशित


पोखरा, २७ पुस

राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की ९एन प्याव्सन० ले २५ औ स्थापना दिवस ९रजत जयन्ती० विविध कार्यक्रम गरि मनाएको छ । रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज जोन र साहित्यको क्षेत्रबाट सरुभक्त रहेका छन् । उनीहरुलाई नगद २५ हजार सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । रजत जयन्तीकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको रकम एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संस्कृत मावि व्यवस्वस्थापन समितिका अध्यक्ष विष्णु अधिकारीलाई हस्तान्तरण गरे ।

उक्त अक्षयकोषको प्राप्त व्याजबाट त्यसै विद्यालयको विद्यार्थीलार्य छात्रवृत्ति प्रदान गरिने छ । एन प्याव्सनको उन्नयनमा महत्पूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसरी सम्मानितहुनेहरुमा संस्थापक अध्यक्ष महेश्वरप्रसाद वाटाजु, पूर्व अध्यक्षहरु वालगोपाल अमात्य, रामप्रसाद शर्मा र रामबहादुर मोची रहेका छन् ।

स्थापना वर्षका आधार यस वर्ष कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ ममोरियल स्कुल, सङ्गम बोर्डिङ स्कुल, लिटिल बेल्स स्कुललाई सम्मान गरिएको थियो । पूर्व परीक्षा संयोजक सम्मान तर्फ हिमाल गुरुङ, रामचन्द्र भण्डारी, शिवदत्त तिवारी, प्रेमराज अधिकारी र विष्णुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । पूर्व सहक्रियाकलाप प्रमुख तर्फ दिपक थापा, शिवदत्त तिवारी र राजु केसीलाई सम्मान गरिएको थियो । यसैगरी एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत एसईई परीक्षा २०७९ मा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी अल्फा एकेडेमीका आदेश भण्डारी, त्रिवेणी पब्लिक माविका कमल भुजेल र डायमन्ड मोडल स्कुलकी कृपा अधिकारीलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

यो वर्ष देखि सम्मान शुरु गरेको एन प्याव्सन आवद्ध विद्यालय अन्तर्गत एस एल सी २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी कास्की मोर्डनाइज्ड एकेडेमीका शारोन गुरुङ, आस्था गुरुङ र आयुष श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो ।त्यस्तै सदस्य विद्यालय सागर मेमोरियल बोर्डिङलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालय कास्कीका कुलपति प्रा।डा। गणेशमान गुरुङले शिक्षा क्षेत्रमा लगानी गरेर निजि विद्यालयले विद्यार्थीलाई जिम्मेवार नागरिक वनाउने काम गरेको बताए । शिक्षाविद् जर्ज जोनले शिक्षको क्षेत्रमा निजि विद्यालयले गरेको योगदान अतुलनिय रहेको बताए । साहित्यकार सरुभक्तले साहित्यको विकास गर्न विद्यालय र शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए । एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले नेपाल सरकारलले निजि क्षेत्रका विद्यालय सञ्चालकलाई सधै हतोत्साहित गर्ने काम गरेको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, एन प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोची, कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ सचिव प्रेमराज अधिकारी विद्यार्थी कृपा अधिकारीले बोलेका थिए ।



This will close in 20 seconds