खेलकुद

पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ

‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा मोबाईल टावर प्रा.लि संस्थागत रुपमा नै जोडिएको हो । शुक्रबार सो टावरका अध्यक्ष उदयबहादुर केसी ‘लाहुरे दाई’ र मञ्चका उपाध्यक्ष एंव पोखरा स्पोर्ट्स अवार्ड सह–संयोजक सुरज श्रेष्ठबिच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । टावरले अवार्ड कार्यक्रमलाई आवश्यक पर्ने खाजा व्यवस्थापन गर्ने गरि सहमती गरिएको मञ्चका उपाध्यक्ष एंव अवार्डका सह–संयोजक… पुरा पढौ

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेश पौडी संघको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख २९ गते शनिबार फेवातालमा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ ५०० मिटर एर्व पर्यटक तर्फ (स्विम फर फन) समावेश गरिएको संघ गण्डकीका अध्यक्ष आनन्द कुंवरले जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही नगद रु १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल… पुरा पढौ

कालिका माविलाई छात्रा क्रिकेटको उपाधी

कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधी रक्षा गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना… पुरा पढौ

पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउँछौ ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताउनुभएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै उहाँले चालु आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउने दावी गर्नुभयो । ‘चालु आर्थिक वर्ष नीति कार्यक्रममा जे थियो बजेटमा त्यो छैन, बजेटमा जे पास भयो कार्यान्वयनमा त्यो छैन, त्यसले गर्दा हाम्रो बजेट पूर्ण रुपमा कार्यान्वयन हुने अवस्थामा देख्दिन’ उहाँले भन्नुभयो ।… पुरा पढौ

उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यहीं वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । जसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । ज्योत्सनिका मरासिनी (क्रिकेट) १३ वर्षमै राष्ट्रिय प्रतियोगितामा चर्चा पाएको नाम हो ज्योत्सनिका मरासिनी । स्याङ्जा जन्मिएकी मरासिनीले २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय… पुरा पढौ

खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता शुक्रबार देखि पोखरामा हुने

दीननाथ बराल,पोखरा २०, वैशाख, खेलकुदको शहर पोखरामा पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भोलि (शुक्रबार) देखि उक्त प्रतियोगिता नेपालमै पहिलो पटक हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा १२ जिल्लाका करिब २ सय जना कर्मचारी, जनप्रतिनिधि सहित खेलाडीहरुको सहभागिता हुने भएको संघका सचिव फडिन्द्र तिमिल्सिनाले बताउनु भयो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने… पुरा पढौ

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ स् प्रमुख आचार्य

पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिनुभयो । स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो… पुरा पढौ

सिद्ध र कालिका उपाधीका लागि भिड्ने

सिद्ध र कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधीका लागि आमने सामने हुने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधीका लागि कालिकासंगको भेट पक्का गरेको हो । कालिका भने यसअघिनै ४ अंकका साथ नेट रनरेटका आधारमा फाइनल पुगिसकेको थियो । पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । अम्मरसिंहको व्याटिङमा सिपको साथी कफी क्लास प्लेयर… पुरा पढौ

पोखराका संरक्षणकर्मी आचार्यलाई लाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएका छन् । बेलायती राजकुमारी एनले लन्डनमा बुधबार आयोजित एक कार्यक्रमका बिच हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट संरक्षणकर्मी आचार्यलाई सम्मान गरेकी हुन् । पुरस्कारको राशी ५० हजार पाउण्ड छ । विश्वभरका ६ जनालाई प्रदान गरिएको सो पुरस्कार आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप प्रदान गरिएको हो । ३० बर्षमा ८० भन्दा बढी मुलुकका २०० जना संरक्षणकर्मीहरुले सो पुरस्कार प्राप्त गरेका छन्। यो बर्ष आचार्य सहित ब्राजिल, भुटान, पपुवा… पुरा पढौ

रन रेटको आधारमा कालिका फाइनलमा ः सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने

कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको कालिकाले ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । समान ४ अंक बनाएर पनि रन रेटमा पछि परेपछि सिद्ध मावि र अम्मरसिंह माविले सेमिफाइनल खेल्ने भएका छन् । लिग चरण अन्तर्गतम अन्तिम दिनको प्रतियोगितामा कालिका र बाराही माविले जित हाँसिल गरे । पहिलो खेलमा… पुरा पढौ