खेलकुद

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पुष १३,पोखरा, कास्कीजिल्ला टेनिस संघको आयोजनामापोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कपपोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाआइतबार विभिन्न समुहमाप्रतिस्पर्धा भएका छन् । आइतबार भएको मेन्स ओपनतर्फ नेहालजंगबहादुर थापाले जेयुनकिमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमानहजुर घलेले सन्दिपविकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशानश्रेष्ठलाई ७–५, ६–१ ले तथाप्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–०… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको आय–व्यय सार्वजनिक

पोखरा, ११ पुस, गत असोजमा पोखरामा सम्पन्न दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रबर्धन केन्द्रको आयोजनामा गत असोज ११ गते सम्पन्न भएको प्रतियोगिता सम्पन्न गर्न १३ लाख २ हजार २ सय ५० रुपैयाँ खर्च भएको आयोजकले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण केही संघ संस्थाबाट भुत्तानी लिन ढिलाई भएकोले केही भुक्तानी गर्न बाँकी समेत रहेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । हालसम्म विभिन्न संघ संस्था तथा व्यक्तिबाट ९… पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र… पुरा पढौ

द कन्टेन्डर फाइट सिरिज ३ सुरु, मुख्य इभेन्ट शनिबार

पोखरा, साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको हो । मुवाथाई सँगै एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना हुने छ । प्रतियोगिताको मुख्य इभेन्ट भोलि हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलता पछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १… पुरा पढौ

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने

पोखरा १० पुष, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक… पुरा पढौ

२२ औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ९, पुस कास्की जिल्ला टेनिस संघको आयोजनामा खेलकुदको शहर पोखरामा यही पुस ११ गते (शुक्रबार) देखि २२ औँ माछापुच्छ्रे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही पुस १५ गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी मुलुक भारत, भुटान सहित नेपालका चर्चीत १ सय ६० जना खेलाडीहरु सहभागि हुने भएको बुधबार (आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष तथा महिला ओपन सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष… पुरा पढौ

पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु (भिडियो सहित)

पोखरा ९ पौष, पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । https://www.youtube.com/watch?v=qNNzI3J8rDw प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे । राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर… पुरा पढौ

पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौं टाइगर कप भलिबलमा ३ विदेशी सहित १४ टिम सहभागि हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ८, पुष, पोखरामा आउँदो माघ ९ गते देखि संचालन हुने छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ मा ३ विदेशी सहित १४ टिमको सहभागि हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १७ गतेसम्म पोखरामा संचालन हुने प्रतियोगितामा महिला तर्फ थाइलायण्डका २ टिम सहित ७ टिम र पुरुष तर्फ भने माल्दिप्स र भारतका गरी ७ टिमको सहभागिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको… पुरा पढौ

सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ

पोखरा, सहारा यूकेको हालै सम्पन्न भएको वार्षिक साधारणसभा तथा अधिवेशनले शारदा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।यूकेमा हालै भएको अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति निर्वाचित गराएको हो । सहारा यूकेको उपाध्यक्षमा क्याप्टेन पीताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा जगन गुरुङ र सहकोषाध्यक्षमा कुमार थापालाई निर्वाचित गरेको छ। यसैगरी, प्रमुख प्राविधिक अधिकृतमा दल गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा संयोजकमा अजयजंग थापालाई चयन गरेको हो ।कार्यसमिति सदस्यमा रमेश गुरुङ, सविन्द्र गुरुङ, गम गुरुङ, गंगा… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कपको उपाधी डायमण्डलाई

पोखरा, हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर भीम बहादुर… पुरा पढौ