समाज

पोखरामा भिन्तुना ¥याली (फिचर फोटो)

पोखरा २८, कार्तिक मैलिक नेपाल संवत ११४४ को अवसरमा पोखरामा ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेवाखलःकास्कीले मौलिकतथा राष्ट्रिय संवतलाई विशेष रूपमा मनाउने गरी भिन्तुना ¥याली आयोजना गरेको हो । नेवा छेः माभएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गले नेवारी समुदायले शरिरको पुजा गरेर मनाउने यो पर्व (नयाँवर्ष) विशेष भएको उल्लेख गरिन् । उनले हाम्रा सवैखाले संस्कृतीको संरक्षण र प्रवद्र्धनले मात्रहाम्रो मौलिकता झल्कने धारणा राखिन् । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रका नाममा राखिएको र… पुरा पढौ

तनहुँकी विनु रानालाई मिस मगरको उपाधि

पोखरा, २४ कात्तिक छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् । उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गर्न सफल भइन् । उनलेमोष्ट डेडिकेटेडको टाइटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । त्यसैगरी, म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको… पुरा पढौ

पोखरामा फूलको व्यापार मन्द, पोखरामा सय पत्री फूल प्रति माला एक सय देखि दुई सय सम्म पर्ने (फिचरफोटो)

दीननाथ बराल पोखरा, २७ कात्तिक फूलै फूलको पर्वको रुपमा रहेको तिहार पर्वको अवसरमा पोखरामा यस पाली सयपत्री फूलको व्यपार मन्द रुपमा भएको छ । यसपाली सिजनमै फूल फूलेको र व्यवसायीक रुपमा धेरैले स्थानिय रुपमा फूलको खेती गरेकोले गर्दा माग समेत कम भएकोले कम व्यापार भएको व्यवसायीहरुले बताउनु भयो । पोखरा क्षेत्रका विभिन्न व्यापारीक पसल देखि विभिन्न चोकहरुमा समेत फूलको व्यपार भएको थियो भने अघिल्ला बर्षको तुलनामा यस बर्ष केही कम मात्रामा चोकहरुमा फूलको बिक्रि भएको छ भने एकै स्थानमा हार्ट… पुरा पढौ

परासी बजारको झरही खोला किनारा नजिक हार्ट बजारमा किनमेल गर्नेहरुको भिड् (फोटोफिचर)

दीननाथ बराल नवलपुर, २६ कार्तिक नवलपुर पश्चिमको परासि बजार मेला अन्र्तगत पर्ने झरही खोला किनारा नजिक शनिबार आयोजना भएको हार्ट बजारमा किनमेल गर्नेहरुको भिड् । प्रायः गरी हरेक हप्ताको शनिबार र बुधबार उक्त क्षेत्रमा हार्ट बजार मेला लाग्ने गर्दछ । तिहार पर्वको अवसरमा लागेको उक्त हार्ट बजारमा दैनिक उपभोग्य बस्तु देखि तिहार पर्वलाई लक्षित गरी विभिन्न तिहार मसला देखि विभिन्न सर सामानहरु सहुलियत मुल्यमा बिक्रि वितरण भएको स्थानिय हाराम पौडेलले बताउनु भयो । उक्त मेलाले स्थानीय रुपमा उत्पादन भएका बस्तु… पुरा पढौ

पार्टीकारितामा कलम सुताएर पत्रकार बन्न सकिँदैन

पोखरा २६, कार्तिक शनिवार पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले पत्रकारिता क्षेत्रलाई मजबुद बनाउन पत्रकार स्वयम्ले पार्टीकारितामा कलम सुताउन नहुने धारणा राखेका छन् । स्वतन्त्र पत्रकार संघ कास्कीको ११ औं वार्षिक साधारण सभाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् । सभाको उद्घाटन गर्दै संघका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उज्झनमा डगमगाउन नहुने बताए । संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे । संघकी… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्तीका लागि भेला, मुल आयोजक र कार्य सम्पादन समिति गठन

पोखरा, २६ कार्तिक स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गदैछ । हीरक जयन्तीको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको भेला… पुरा पढौ

पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी सुरु

पोखरा २६, कार्तिक विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको प्रालिका सञ्चालक राज बजिमयले जानकारी दिए । उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारी मध्येमा पहिलो रोजाईमा पर्नेमा हामी… पुरा पढौ

एलजि एसोसिएसनले जित्यो लामाचौर कप फुटबलको उपाधि

पोखरा २६, कार्तिक प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को उपाधि एलजि एसोसिएसनले जितेको छ । एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । च्याम्पियन बनेको एलजिले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्‍यो । विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल… पुरा पढौ

पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन

पोखरा २६, कार्तिक पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुुुसिला सिंखडाले गर्नुभएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै… पुरा पढौ

आठबिसकोटका भूकम्पपीडितलाई पब्लिक टिभीले बाँड्यो १० लाखको राहत

पोखरा २६, कार्तिक पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो । शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए । १० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए । भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको उनले जानकारी दिए । ‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’, क्षेत्रीले भने । उनका अनुसार त्रिपाल ब्ल्यांकेट,… पुरा पढौ

This will close in 20 seconds