समाज

फेवा नव बर्ष महोत्सव चैत २९ गतेदेखि हुने, निम्तो गर्न टोली पुर्वी नेपाल जाने तयारी

पोखरा, ६ चैत, पर्यटनको राजधानि पोखरामा २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव यही चैत २९ गतेदेखि हुने भएको छ । होटल संघ पोखरा नेपालले हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा उक्त महोत्सव संचालन गर्ने निर्णय गरेको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले… पुरा पढौ

कुमुदिनी होम्समा पुस्तक चर्चा

पोखरा, पोखरा महानगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा बिहीवार एक कार्यक्रमका बिच विद्यार्थीहरूले विभिन्न पुस्तकहरूमाथि परिचर्चा गरेका छन् । विद्यालय संस्थापक मिना पालिखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आधारभूत तह अन्तर्गत कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूमध्ये जम्मा १७ जना विद्यार्थीहरूले आफूले पढेका विभिन्न विधाका पुस्तकहरूमा आफ्ना अभिभावकहरूको उपस्थितिमा आ(आफ्ना अवधारणा प्रस्तुत गरेका थिए। कार्यक्रमका बारेमा विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अभिभावकहरूका तर्फबाट प्रविण महाजन ,… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल चैत्रको ११ देखि हुने

चैत्र ४, पोखरा, माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा।बिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन जारी,भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

पोखरा, चैत ५, सूर्य नेपाल गल्फ टुर २०२५(२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। आज ३(अन्डर ६६ खेलेका उनले समग्रमा ३(अन्डर १ सय ३५ को स्कोरमा शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन्। आज २(अन्डर ६७ खेल्दै समग्रमा २(अन्डर १ सय ३६ सहित शुक्र दोस्रो स्थानमा झरे। १(ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १(ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरेका छन्।समग्रमा… पुरा पढौ

पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा

पोखरा, पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको पोखरा ट्रेड मलमा नयाँ सञ्चालक समिति चयन भएको छ। नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ । नयाँ सञ्चालक समितिमा अध्यक्षमा दीपक कुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा तथा सदस्यहरूमा सन्तोष कुमार घिमिरे, शिव शर्मा, राम कुमार श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल र हरिश चन्द्र तिवारी चयन भएका छन्। नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू… पुरा पढौ

पोखरामा ४ वर्षपछि सुरु भयो खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप (भिडियो सहित), अन्तर्राष्ट्रिय तनावले खेलाडी सहभागिता प्रभावित

पोखरा, ५ चैत, चार वर्षपछि पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सुरु भएको छ । तर, यसपटक अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान र अमेरिकाबीचको तनावका कारण अपेक्षाभन्दा कम विदेशी खेलाडी सहभागी भएका छन् । https://www.youtube.com/watch?v=9jpzRWxbgMs पोखरा–१८ सराङकोटबाट उडान भरी फेवाताल किनारस्थित खपौदीमा अवतरण गर्ने “एक्युरेसी” विधामा २१औँ संस्करणको प्रतियोगिता आज ( बिहीबार) देखि सञ्चालनमा आएको हो । प्रतियोगितामा ५ देशका १० महिला सहित ६३ जना पाइलटले सहभागिता जनाएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराक्लिकलाई जनाएको छ । यस अघि… पुरा पढौ

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार ः मन्त्री थापा

पोखरा , गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्। वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि सचेतनामूलक कार्यक्रम” मा उनले यस्तो बताएका हुन् । विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे । मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै… पुरा पढौ

आभ्या क्लबको आयोजनामा पोखरामा साप्ताहिक ‘कम्यूनिटी फन रन’ सुरु हुने तयारी

पोखरा, ५ चैत, आभ्या क्लब पोखराको आयोजनामा तथा राष्ट्रिय धाविका नितु तामाङको सहभागितामा यही चैत ७ गते शनिबारदेखि पोखरामा साप्ताहिक ‘५ किलोमिटर कम्यूनिटी फन रन’ कार्यक्रम सुरु हुने भएको छ । हरेक हप्ता बिहान ७ः०० बजे सञ्चालन हुने उक्त दौड कार्यक्रम मार्फत समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । क्लबकी रेस डाइरेक्टर तथा स्पोर्ट्स कोच तामाङले नियमित व्यायाम र दौडले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनका अनुसार बढ्दो डिजिटल निर्भरता र निष्क्रिय जीवनशैलीका कारण… पुरा पढौ

आज विहिबारसम्म पोखराको मनिपाल क्षेत्र, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड र गण्डकी मेडिकल कलेज परिसरमा नयाँ इलेक्ट्रिक गाडीहरू प्रदर्शनमा

पोखरा, पोखरामा विद्युतीय सवारीको नयाँ अध्याय सुरु भएको छ। Mahindra का अत्याधुनिक इलेक्ट्रिक SUV हरू BE 6 र XEV 9e औपचारिक रूपमा सार्वजनिक गरिएका छन्। नेपालका लागि महिन्द्राका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले पोखरास्थित बि.बि. इन्कर्पोरेटेड प्रा. लि. सँग सहकार्य गर्दै यी गाडीहरू बजारमा ल्याएको हो। पोखरामा विशेष प्रदर्शनी चैत ३ गतेदेखि ५ गतेसम्म पोखराका विभिन्न स्थान—मनिपाल क्षेत्र, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड र गण्डकी मेडिकल कलेज परिसरमा यी नयाँ इलेक्ट्रिक गाडीहरू प्रदर्शनमा राखिएका छन्। यस प्रदर्शनीमार्फत सर्वसाधारणले नजिकबाट… पुरा पढौ

इरान–अमेरिका युद्धको प्रभाव पोखरामा पनिः प्याराग्लाइडिङ प्रतियोगितामा ३८ प्रतिशत खेलाडी प्रभावित

दीननाथ बराल, पोखरा, ४ चैत, इरान र अमेरिकाबीच बढ्दो युद्ध तनावले अन्तर्राष्ट्रिय हवाई उडानमा असर पार्दा पोखरामा आयोजना हुन लागेको २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप प्रत्यक्ष प्रभावित भएको छ । करिब एक सय जना खेलाडी सहभागि हुने अपेक्षा गरिएको प्रतियोगितामा अन्ततः ५ देशका ६२ जना मात्र सहभागी हुने भएका छन् । प्रारम्भमा ७ देशका करिब ९० जना पाइलट दर्ता भए पनि अन्ततः बुधबार साँझसम्म ५ देशका ६२ जना खेलाडीहरु मात्र प्रतियोगितामा सहभागि हुने भएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)… पुरा पढौ