समाज

मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

पोखरा २३, असोज, मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे । “म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई… पुरा पढौ

दशैं टिकाको दिनमा पोखरामा ७ रुटमा १८ वटा बसबाट निःशुल्क बस सेवा संचालन हुने (भिडियो) सहित

दीननाथ बराल,पोखरा, २३ असोज, दशैँ टीकाको दिन (शनिबार) पोखरामा निःशुल्क बस सेवा संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको अगुवाईमा पोखरामा ७ वटा रुटमा १८ वटा बसहरुबाट नि शुल्क बस सेवा संचालन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । सर्वसाधारणको सुविधाका लागि मध्यनजर गरी पोखरामा पहिलो पटक दशैं टिकाको दिनमा निःशुल्क बस सेवा संचालन हुने तयारी गरिएको उहाँले जनाउनु भयो । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक पोखरामा धेरै रुटमा… पुरा पढौ

यात्रुलाई घर जान सेवा दिन तयार छौं पृथ्वीराजमार्ग बस कम्पनी…

पोखरा २३, असोज, यातायाताको कारण देशका अधिकांश ठाँउमा आफ्ना सवारी साधनहरुबाट यात्रुलाई गन्तव्यवमा पुर्याउन आफुहरु कटिवद्ध रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले जनाएको छ । कम्पनीले प्रेस विज्ञेप्ति जारी नेपालीहरुका महान पर्व वडा दशैं लक्षित गरी कुनै यात्रुलाई प्रस्थान बिन्दु देखि गन्तव्यसम्म पुर्याउन आफुहरु लाग्ने कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । पोखरामा प्रधान कार्यालय रहेर कम्पनीले देशका अधिकांश स्थानमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको छ ।यातायात सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो… पुरा पढौ

पोखराबाट ६५ करोड सुकिला नोट वितरण, आज पनि वितरण हुने

दीननाथ बराल, पोखरा २३, असोज, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयलले हालसम्म ६५ करोड रुपैया बराबरको सुकिला नोट सटही गरेको छ । नेपालीहरुको महान पर्व दशेैं पर्वको अवसरमा राष्ट्र बैंकले केही दिन देखि सटही गर्न सुरु गरेको सुकिला नोट मंगलबारसम्म ६५ करोड मुल्य बराबरको सटही गरेकोे नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले बताउनु भयो । उहाँका अनुसार यस बर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्न नसक्ने भए पनि एक पटक बजारमा चलन चल्तीमा गएका सुकिला नोट… पुरा पढौ

दशैं र तिहार पर्व लक्षित गरी पाोखराका होटल आवासमा ३० प्रतिशत छुटको घोषणा

दीननाथ बराल, पोखरा २३, असोज, नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने भएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरुमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोध गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य… पुरा पढौ

कृष्ण चरित्र नृत्य जोगाउन जुर्मरायो पाखुरीकोट गुरुङ समाज

गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाचको संरक्षणका लागि पाखुरीकोट गुरुङ समाज जुर्मुराउन थालेको छ ।विशेष गरेर जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने यो नाच लोप भएर जाने हो कि भन्ने चिन्ताले यसरी समाज नै यसको संरक्षणमा लागेको कार्यक्रम संयोजक बताउँछन् । एक महिना अगाडिबाट पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित उक्त कृष्ण चरित्र प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण… पुरा पढौ

हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

पोखरा २२, असोज, नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगितिक कार्यक्रम हुने भएको छ । दीप समाज हङकङको आयोजनामा “दीप साँझ” हुने भएको हो । कार्यक्रममा पोखरेली ब्याण्ड “ओपन सी” र चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङले बताए । कार्यक्रममा ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल र गायिका प्रीया गुरुङले प्रस्तुति राख्नेछन् भने बाध्यबादन तर्फ ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ्ग, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङको… पुरा पढौ

गण्डकीमा चाडपर्वमा भाडा नबढाउन यातायात व्यवसायी सहमत

पोखरा, २२ असोज, गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् । बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए । यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारी साधनले… पुरा पढौ

ठाकुर युआरएल अध्यक्ष

पोखरा, २२ असोज, गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा… पुरा पढौ

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी

पोखरा,२२ असोज , राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए। उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर… पुरा पढौ

This will close in 20 seconds