समाज

कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न ।

पौष १९,पोखरा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मिन ब। गुरुङले मेलमिलाप कर्ताहरुले पशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने भन्र्दै न्यायीक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्न सके थप सहज हुने विश्वस व्यक्त गर्नुभयो । मेलमिलापकले बास्तविक पिडितले न्या पाउने गरि जनताको हितमा काम गर्न आग्रह समेत गर्नभयो । उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सीता अधिकारीले न्ययिक समितिको काम कारबहीलाई व्यवस्थित,पभावकारी र… पुरा पढौ

पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

पोखरा १९, पुष, पोखरा वडा नं। १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला दुई महोत्सवभन्दा थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ । वडा स्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट फर चिल्ड्रेन’ ले पनि संस्थागत सहयोग गर्ने भएको छ । खेलकुद महोत्सव सहयोगार्थ उक्त संस्थाले दुई लाख… पुरा पढौ

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ, १९ पौष, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराकासाथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउने देखी टिकटिक… पुरा पढौ

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न

पोखरा १९, पुष, नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले समितिका उपाध्यक्ष सु.शेर बहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका संरक्षक याम बहादुर गुरुङले ब्यवसायीहरुले संस्थाको हित हुने गरी ब्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले ब्यवसायीहरुलाई हित हुने काम गर्ने भएकाले ब्यवस्थित र मर्यादित ढंगले ब्यवसायीहरु अगाडी वढे संस्था मजबुद हुने उनको भनाइ रहेको थियो । ब्यवसायीहरु पूर्वाग्रही नभइकन एक अर्काबीच… पुरा पढौ

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

पोखरा १९, पुष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको… पुरा पढौ

सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेको गुनासो

पोखरा,१९ पुष, पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि ( महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन्। शुक्रबारदेखि पोखरामा शुरु भएको प्रकृति मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकार प्रति असन्तुष्टि प्रकट गरेका हुन्। अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गर्दै यसरी नै वातावरण माथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्ने चेतवानी दिए। मानव र प्रकृतिको… पुरा पढौ

गण्डकी प्राविधिक शिक्षालय स्थापनाका लागि कोईका र गण्डकी प्रदेश बीच १ अर्ब २४ करोडको सम्झौता

दीननाथ बराल, पोखरा १९, पुष, कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय बीच “गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नू भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा उक्त कार्यक्रम भएको हो। https://www.youtube.com/watch?v=DGBDM-4bM9g कोरियाली सरकार मार्फत कोईकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर अर्थात करिब नेपाली १ अर्ब… पुरा पढौ

चर्चित बाल गायक सचिन परियार रहेनन

काठमाण्डौं १८, पुष, चर्चित बाल गायक सचिन परियारको आज(विहिबार) उपचारको क्रममा निधन भएको छ । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले श्रोतले जनाएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग नचल्ने गरी समस्या उत्पन्न भएको थियो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । सामाजिक… पुरा पढौ

पोखरामा सुरु भयो २० औं लेखनाथ महोत्सव, आर्थिक विकासमा नीजि क्षेत्रसंग सरकारले सहकार्य गर्छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा १८, पुष, गण्डकी प्रदशको राजधानि पोखरामा आज (बिहिबार) देखि २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ सुरु भएको छ । आउँदो माघ १ गतेसम्म पोखराको तालचोक तथा डाडाँकोनाक क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गर्दै नीजि क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए । कोभिड पछि देशको खस्कदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने उनले बताए । नेपालको पर्यटन… पुरा पढौ

कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया

१७ पुष ,पोखरा, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले स्वास्थ्य नागरिक नै सम्ब्रिद्दीको प्रमुख आधार भएको हुदा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्बेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । कास्की सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत… पुरा पढौ

This will close in 20 seconds