समाज

दर्शन बचत तथा ऋण सहकारीद्वारा कौसी खेती तालिम सम्पन्न

पोखरा, ‘समृद्धि तथा श्रीबृद्धिका लागि दर्शन बचत सहकारी’ भन्ने नाराका साथ सञ्चालित दर्शन बचत तथा ऋण सहकारी संस्था लि। ले शनिबार एक विशेष कार्यक्रमका बीच आफ्ना शेयर सदस्यहरूका लागि कौसी खेती सम्बन्धी प्राविधिक तालिम सम्पन्न गरेको छ । सहकारीले सदस्यहरूलाई अर्गानिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले प्राङ्गारिक मल, झोल मल बनाउने विधि र कौसी खेतीका विविध प्राविधिक पक्षबारे जानकारी गराएको हो । प्रशिक्षक कान्ती पौडेल अधिकारीले सहभागीहरूलाई घरमै उपलब्ध हुने वस्तुहरूबाट झोल मल बनाउने तरिका, कौसीमा गमला वा ग्रो ब्यागको व्यवस्थापन,… पुरा पढौ

कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

दीननाथ बराल,पोखरा २०, वैशाख, कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ पर्नु भएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–४ बागेडाँडामा आफ्नै ६२ वर्षीय बुबा राम बहादुर घर्तीको हत्या गरी फरार हुनु भएको उहाँका छोरा ३४ वर्षीय भीम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीले घटनाको भोलिपल्टै हत्याको आरोपमा भूजेलले वैशाख १८ गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । वैशाख १७ गते साँझ करिब ६ः४५ बजे राम बहादुर घर्ती… पुरा पढौ

तेक्वान्दो संघ गण्डकी अध्यक्षमा जगनबहादुर गुरुङ पून निर्वाचित

पोखरा, वैशाख २०, गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरामा आइतबार भएको संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पूनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ चयन हुनुभएको छ । संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका… पुरा पढौ

मानव सेवा आश्रममा आजदेखि ज्ञान–विज्ञान महायज्ञ सुरु (भिडियो सहित)

दीननाथ बरालपोखरा १९, वैशाख, मानव सेवा आश्रमको आयोजनामा आज (शनिबार) देखि पोखरा २५ हेमजास्थित आश्रम परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको कामना सहित करिब ४ करोड आर्थिक संकलन गर्ने उद्देश्यसहित उक्त महायज्ञ आयोजना गरिएको महायज्ञका संयोजक अनिलकुमार शाहीले बताउनु भयो । https://www.youtube.com/watch?v=zUydrnhNryo&t=14s यही वैशाख २६ गतेसम्म सञ्चालन हुने महायज्ञको एक समारोहका बिच पोखराका मेयर धनराज आचार्य र गलेश्वर धामका पिठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा समाजसेवी विवेक रानाको सहयोग

पोखरा, १९ वैशाख, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा समाजसेवी विवेक रानाले आर्थिक सहयोग गरेका छन् । पर्वत घर भई अहिले यूके बस्ने रानाले अक्षयकोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । नव सिर्जनशील युवा क्लव, पैयु, चिन्देखर्क पर्वतका पूर्व अध्यक्ष समेत रहेका उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अक्षयकोष सहयोगदाता रानाले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए । सहयोग प्राप्त भएपछि एनपिजेए… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ, सहकार्यसहित भव्य बनाइने

पोखरा, आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्ड भब्य र सभ्य बनाउनका लागि पोखराका पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले पोखराका विभिन्न पर्यटनसम्बन्धी संघ–संस्थासँग गरेको छलफलमा यस्तो सहमति बनेको हो । पोखरा स्पोर्टस अवार्ड संगै अयोजना गरिने स्पोर्टस् कनक्लेभ तथा विभिन्न ९ विद्यामा प्रदान गरिने अवार्डलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो । सो अवसरमा वोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष… पुरा पढौ

पोखरामा ‘मालती मंगले’ टोलीः सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वास

पोखरा, बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू साझा गरेका छन्। कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता तथा चर्चित गायक रामकृष्ण ढकाल ले मालती मंगले विशुद्ध सामाजिक यथार्थमा आधारित फिल्म भएको बताए। उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई… पुरा पढौ

पोखरामा महिला गोल्डकप जारीः संकटालाई हराउँदै आर्मी फाइनलमा

पोखरा, त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकप अन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र… पुरा पढौ

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा, नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो । वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो… पुरा पढौ

टेम्पल बेल बुटिक होटल एण्ड स्पाको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

बैशाख १९,पोखरा, पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तिको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाईटिको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको थियो । त्यस्तै, लेकसाइडको स्ट्रिट नं १७ मा बृहत सरसफाई कार्यक्रम गरियो । कार्यक्रममा होटलमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । टेम्बल बेलमा कार्यतर ७० जना कर्मचारीहरु… पुरा पढौ