देश तथा समाज पत्रिका

विद्यालयस्तरीय क्रिकेटः सगरमाथा र अंमरसिंहको जित

पोखरा १२, फागुन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय र अंमरसिंह माध्यमिक विद्यालय विजयी भएका छन् । बि–बग इभेन्ट्सको आयोजनामा र एक्स्पर्ट एजुकेसन एण्ड भिजा पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स माध्यमिक विद्यालय र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् । पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३०२ रनको विजयी लक्ष्य कुमुदिनी होम्स निर्धारित २० ओभरमा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सम्पन्न,सञ्जीवको टिमलाई प्रो एमको उपाधि

पोखरा,फाल्गुन १२ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार(६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे । प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर… पुरा पढौ

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक बिमोचन

पोखरा, ११ फागुुन रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आज पुस्तकको विमोचन गर्नुुभयो । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहनुुभएको थियो । कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि… पुरा पढौ

मदरल्यान्ड र गण्डकी बोर्डिङ विजयी

पोखरा ११, फागुन, पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन् । पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । मदरल्यान्डका लागि किरण पौडेलले अविजित ५८ रन बनाए । प्रज्वल बानियाले २७ रनको योगदान दिए । बलिङमा हिमालयनका सफल थापा र नसिर भण्डारीले… पुरा पढौ

पत्रकार रन्जितद्वारा मञ्चको अक्षकोषका लागि रकम हस्तान्त्रण

पोखरा ११, फागुन नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन,रेकर्ड स्कोरमा भुवनलाई करियरको‌ ११ औं उपाधि

पोखरा,फाल्गुन ११ पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन। ५४ होलको प्रतियोगिता १०(अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९(अन्डरको रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७(अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए। पोखरास्थित पार(६९ को हिमालयन… पुरा पढौ

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’चैत पहिलो साता पोखरामा

पोखरा ११, फागुन बाह्रखरी मिडियाले वार्षिकरूपमाआयोजनागर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १देखि३ गतेसम्मपोखरामाहुने भएको छ । देशभरकाप्रमुखकर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथाअन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्यछ ।कार्यक्रमको प्रमुखप्रायोजकएनसेल रहेको छ ।सह–प्रायोजकबीवाईडी रहेको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमागरिँदै छ । पोखरा पर्यटन परिषद्तथायुवाउद्यमी परिषद्पोखरा च्याप्टरकार्यक्रममासाझेदार संस्थाकारूपमाजोडिएका छन् । यस कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल ¥यालीआयोजनागरिनेछ ।यसको प्रमुख उद्देश्यपोखरालाई… पुरा पढौ

मगर चलचित्र ‘माराङ’ को प्रिमियर शो बाराही हलमा ‘माराङ’ फागुन २६ गते प्रदर्शन हुने

पोखराः १०, फागुन मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर गरिएको हो । पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए । ‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं… पुरा पढौ

स्व.लक्ष्मी सुन्दरी कर्माचार्यको ४५ औें पून्य तिथीमा मृगौला पिडित सहयोग कोषको स्थापना

पोखरा १०, फागुन स्वर्गीय लक्ष्मी सुन्दरी कर्माचार्यको ४५ औें पून्य तिथीमा मृगौला पिडित सहयोग कोषको स्थापना गरिएको छ । कर्माचार्य समाज, कास्कीका अध्यक्ष, समाजसेवी तथा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यका धर्मपत्नी, समाजका सदस्य, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्य एंव कर्माचार्य महिला समाजका अध्यक्ष रेखा कर्माचार्यका आमा लक्ष्मी सुन्दरी कर्माचार्यको मृगौला सम्बन्धी उपचारको क्रममा गत पौष २४ गते असामायिक निधन भएकोले विहिबार ४५ दिनको पून्यतिथीमा उहाँको परिवारजनले मृगौला पिडीतलाई सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गर्नु भएको छ । कोषवाट प्राप्त रु १… पुरा पढौ

सातौ विरेन स्मृति १७ औं बिटी कपमा ‘लामागाउँ च्याम्पियन’

‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११… पुरा पढौ