लेखनाथ, १३ जेठ, कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकाको पुनःस्थापनाको माग सशक्त बन्दै गएको छ। पुनःस्थापना पहल समितिको नेतृत्वमा सोमबार तालचोकस्थित साविक लेखनाथ नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ सम्मका जनप्रतिनिधि, स्थानीय अगुवा तथा अभियन्ताहरूले लेखनाथ नगरपालिकाको पुनःस्थापनाको पक्षमा सामूहिक उद्घोष गरेका छन्। अभियानका संयोजक एवं साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, सचिव मुराहरी कोइराला, दिननाथ ढकाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय तह पुनर्संरचनापछि पोखरा महानगरपालिकामा समाहित लेखनाथ क्षेत्रका नागरिकको भावना, पहिचान र विकासका आवश्यकतालाई…
पुरा पढौ